वालिङमा शान्तिसुरक्षा र सेवाप्रवाह बिषयमा अन्तरक्रिया

वालिङ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वालिङमा शान्तिसुरक्षा, लागुऔषध दुरुपयोग नियन्त्रण सगै सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया गरेको छ । वालिङ नगरपालिकाको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजननामा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया गरिएको हो । प्रशासनले ११ ओटै पालिकामा यो कार्यक्रम गर्नेक्रममा वालिङमा पनि आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाको शान्तिसुरक्षा, लागुऔषधको ओसारपासार, सरकारी निकायले दिने सेवाप्रवाहका बारेमा जानकारी गराएकी थिइन् । पछिल्लो समय पुन चोरीका घट्ना बढ्न थालेको प्रति चासो दिदै प्रजिअ नेपालले जिल्लामा रहेका प्रहरी चौकीहरुमा दरबन्दी अनुसारको प्रहरी संख्या थोरै भएकाले शान्तिसुरक्षामा असहज हुन पुगेको बताइन् । शान्तिसुरक्षाम प्रहरी मात्रै खटिनुपर्छ भन्ने मानशिकता हटाएर नागरिकलाई सुरक्षित बनाउन जनप्रतिनिधिको पनि उत्तिकै भूमिका रहने बताइन् । सरकारी निकायबाट सेवाप्रवाहमा हुने ढिलासुस्ती प्रति चासो राख्दै प्रजिअ नेपालले नागरिकको काममा कुनै कसुर बाँकी नराखेर सेवा दिन राष्ट्र सेवक कर्मचारीलाई उनले निर्देशन दिइन् । घटनादर्ता समयमै नगराउदा नागरिकता देखी धेरै समस्याहरु आउने गरेको बताउदै प्रजिअ नेपालले वडा अध्यक्ष तथा सदस्यहरुले यस्ता विषयहरुमा ध्यान दिएर घट्नादर्ता समयमै गराउनु पर्ने सचेतना नागरिकलाई गराउन अनुरोध गरिन् ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिए । नागरिकलाई सुरक्षित बनाउन नगरको पनि उत्तिकै दायीत्व रहेको बताउदै नगर प्रमुख खाँणले शान्तिसुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए । स्थानीय प्रशासन र नगरपालिका समन्वय गरेर वालिङ नगरको शान्तिसुरक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । वालिङमा चोरीका घट्नाहरु बढ्न थालेकाले सबै चनाखो भई सुरक्षित रहन आग्रह समेत गरे । नागरिकले सहज सेवा पाउनुपर्ने अधिकारलाई सम्बन्धित कार्यालय र जनप्रतिनिधि दुवैले जिम्मेवार भएर कार्यन्वयन गर्नुपर्ने धारणा राखे ।
सहभागीहरुले पछिल्लो समय सवारी हर्न, तीव्र गतिका कारण दुर्घट्ना बढ्न थालेको जिज्ञासामा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता अझै बढ्ने बताए । प्रनाउ पौडेलले आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटना न्युनिकरणका लागि प्रहरीले विभिन्न ठाउँमा गरेका गतिविधिका बारेमा जानकारी समेत दिए । जिल्लामा रहेका प्रहरी इकाईहरुले शान्तिसुरक्षा, अपराध, आत्महत्या, सवारी दुर्घट्ना जस्ता बिषयमा नागरिकहरुलाई सचेतना दिने काम भइरहेको बताए । कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रधानाध्यापक, वडा सचिव, पत्रकार, उद्योगी व्यापारी, राजनीतिक दल, कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालय स्याङ्जाका नायव सुब्बा रामप्रसाद पौडेलले गरेका थिए ।
प्रतिक्रिया