भीरकोट नगरपालिकामा बालमैत्री दिवस मनाइदैँ
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका हो । नगरपालिकालाई ४ वर्ष अगाडी फागुन २२ गते विशेष समारोहको आयोजना गरि बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो । बालमैत्री नगरपालिका भीरकोटमा यहि फागुन २२ गते बालमैत्री दिवस मनाइने भएको छ । बालमैत्री नगर घोषणा भएको अवसर पारेर विविध शैक्षिक कार्यक्रम र विशेष समारोहको आयोजना गरी दिवस मनाइने भएको नगरपालिकाले जनाएको छ ।
२०७७ सालमा बालमैत्रि नगर घोषणा भएको भीरकोट नगरपालिकाले हरेक वर्ष फागुन २२ गते बालमैत्रि दिवस मनाउँदै आएको छ । बालमैत्रि नगर घोषणाका लागी आवश्यक सूचकहरु पार गरी २०७७ मा भीरकोट जिल्लामै पहिलो बालमैत्रि नगर घोषणा भएको हो । बालमैत्री दिवस मनाउनका लागी नगर तथा वडा वडामा विभिन्न समितिहरु गठन गरी तयारी तिव्र पारिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । बालमैत्रि भीरकोट नगरपालिकामा हरेक निति नियम निर्माणका कार्यमा बालसहभागिता गरिँदै आईएको र बालअधिकारहरु सुनिश्चित गरिएको कर्माचार्यको भनाई छ । बालबालिकाहरुलाई घरदेखि विद्यालय तथा सार्वजानिक स्थानहरुमा समेत बालमैत्रि वातावरणको विकास गर्नुपर्ने भन्दै बालमैत्रि कार्यक्रम कार्यान्वयन पक्षमा सबैले हातेमालो गर्नुपर्ने कर्माचार्यले बताए ।
नगर प्रमुख कर्माचार्यका अनुसार वर्षभरी शिक्षा शाखाले सम्पन्न गरेका विविध प्रतियोगिताको पुरस्कार वितरण, गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल शिक्षक, विद्यार्थी तथा विद्यालयलाई नगद, प्रमाणपत्र र अन्य पुरस्कार सहित दिवसको अवसर पारेर सम्मान गरिने भएको छ । शिक्षा शाखाले विभिन्न मितिमा हाजीरीजवाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, श्रुतीलेखन, वक्तृत्वकला प्रतियोगिता लगायत विविध प्रतियोगिताहरु सम्पन्न गरेको शाखा प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।


प्रतिक्रिया