दुर्घटना न्यूनीककरण गर्न स्कूल बसका चालकसँग ट्राफिक प्रहरी

स्याङ्जा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा कार्यरत सवारी चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले प्याब्सनसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट पनि ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘चालक तथा सहचालकसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख भुपेन्द्र प्रसाद गौलीले बताए ।
सो कार्यक्रम अन्तर्गत फागुन १९ गते पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । प्याव्सन जिल्ला कार्य समिति स्याङ्जाको आयोजना र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको सहजीकरणमा स्याङ्जा जिल्ला क्षेत्र नं १ अन्तर्गतका विद्यालयमा कार्यरत सवारीचालक तथा सहचालकलाइ दुर्घटना न्युनीकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रमू सहयात्री पार्टी प्यालेस गुडीखोला स्याङ्जामा सम्पन्न भएको छ । प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख भुपेन्द्र प्रसाद गौली तथा सहायक प्रशिक्षक हेम बहादुर मल्लले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्याब्सनका सल्लाहाकार दिपक शर्मा मरासिनी, कोषाध्यक्ष मेकराज केसि, सचिव हरीप्रसाद अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, सवारीचालक र सहचालक गरि झण्डै ५५ जनाको सहभागीता रहेको थियो । यसैगरी दोश्रो चरणको कार्यक्रम अन्तर्गत फागुन २१ गते वालिङमा कार्यक्रम गर्ने प्याब्सन स्याङ्जाका सचिव हरीप्रसाद अर्यालले जानाकारी दिए ।
स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको प्याब्सनका अध्यक्ष राजेन्द्र गोदारको भनाइ छ । मुख्य गरी सहरी क्षेत्रका विद्यालयका सवारी साधनहरुले व्यस्त सडक र राजमार्ग पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘चालकसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा छ । सहरी क्षेत्र ट्राफिक कारबाही गर्नेभन्दा पनि विद्यालय तथा समुदायमा नै पुगेर सचेतना गराउने कार्यक्रमलाई तीव्रता पारिएको र आगामी दिनमा अरु स्थानमा पुगेर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया