लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा : पौडेल
स्याङ्जा ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको प्रथम अधिवेसनले रामचन्द्र पौडेललाई निर्वाचित गरेको छ । अध्यक्ष पौडेलको अध्यक्षतामा १९ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको युवा निर्माण व्यवसायी सुनिल चापागाँईले जानकारी दिए । उनका अनुसार संघको उपाध्यक्षमा जगतबन्धु कोइराला र मनोज कुमार श्रेष्ठ, महासचिवमा गौरव प्रधान, उप—महासचिवमा भरत मल्ल, कोषाध्यक्षमा रमेश शर्मा र सह—कोषाध्यक्षमा बेलमाया शर्मा चयन भएका छन् ।
त्यसैगरी संघको सदस्यहरुमा भानु अधिकारी, भिम थापा मगर, भुवन भण्डारी, आशिषप्रताप खाँण, अमर राना, रमेश रोका, सचिन क्षेत्री, अनिल क्षेत्री, सौजन गुरुङ्, सुरेन्द्र प्रसाद ढकाल, कृष्णमान श्रेष्ठ र नवराज थापा रहेका छन् । निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले प्रमाणपत्र दिएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया