वालिङमा प्रथम ‘ॐ कार कप’ सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने वालिङ ।

वालिङ ।
वालिङमा प्रथम ॐ कार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ॐ कार इभेन्ट्स हब, वालिङको आयोजनामा उक्त प्रतियोगिता पौष २९ गतेदेखि माघ ३ गतेसम्म वालिङ खेल मैदानमा सञ्चालन हुनेछ । संस्थाले युवा, वृद्ध–वृद्धा तथा बालबालिकासहित सबै उमेर समूहलाई लक्षित गर्दै विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यसहित कार्यक्रम अगाडि बढाएको जनाएको छ । दुब्र्यसनीविरुद्धका कार्यक्रम, राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकुद गतिविधि तथा विभिन्न सांगीतिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ ।

प्रथम ॐ कार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आयोजक संस्था तयारीमा जुटेको छ । प्रतियोगिताका लागि केही नियमहरू पनि सार्वजनिक गरिएको छ । नियम अनुसार प्रत्येक टिममा ५० वर्षभन्दा माथिका कम्तीमा एक जना खेलाडी अनिवार्य हुनुपर्नेछ भने अन्य खेलाडीहरू ४० वर्षभन्दा माथिका हुनुपर्नेछ । साथै, प्रत्येक टिमका खेलाडीहरू एकै जिल्लाका हुनुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख सहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोस्रो पुरस्कार नगद पचास हजार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र रहेको छ । संस्थाका अध्यक्ष विजय मल्लको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति, सल्लाहकार समिति, प्रबन्धक, मिडिया पार्टनर तथा सहयोगी संस्थाहरूको मनोनयन गर्दै उपसमितिका संयोजकहरू तोकेको छ । समितिले आर्थिक उपसमितिको संयोजकमा दिप गुरुङ, अतिथि सत्कार उपसमितिको संयोजकमा नवराज पौडेल, शान्ति सुरक्षा उपसमितिको संयोजकमा नवीन गुरुङ, प्रचार–प्रसार उपसमितिको संयोजकमा ओमकार गुरुङ, भोजन तथा आवास उपसमितिको संयोजकमा सुरेश श्रेष्ठ र दुशान्तराज गैह्रे, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा साजन पंगेनी, अफिसियल उपसमिति संयोजकमा मंगल थापा, खेल मैदान उपसमिति संयोजकमा प्रेम कुमाल रहेका छन् ।

त्यसैगरी यातायात व्यवस्थापन उपसमिति संयोजकमा शंकर थापा, सांस्कृतिक उपसमिति संयोजकमा बिन्देश खाँण, स्वास्थ्य उपसमिति संयोजकमा कृष्ण शर्मा, शंकर जीसी र मनोज खनाल, कार्यक्रम संयोजकमा विजय विक्रम खाण र खेल संयोजकमा राज गुरुङलाई मनोनयन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी आयोजकले खेलकुदलाई अनुशासित र समन्वय गर्न सहज होस भन्ने उदेश्यले विशिष्ट सल्लाहकार समिति समेत चयन गरेको छ । समितिमा ल्या. यामबहादुर गुरुङ, एल.बी. ज्वार्चन, विष्णु पौडेल, सुनिल खनाल, दिलिप कुमार खाण, आशिष प्रताप खाण, सुबिन गुरुङ, सुरेश श्रेष्ठ, उमेश दर्लामी र मानबहादुर गुरुङ लगायत रहेका छन् । संस्थाको प्रबन्धकमा नवराज पौडेललाई नियुक्त गरिएको छ ।
वालिङ युनाइटेड क्लब, ट्रिनिटी क्लब, रामबाछा क्लब, होराइजन क्लब, स्पन्दन क्लब, मिर्दी क्लब र वालिङ युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका छन । यस्तै मिडिया पार्टनरमा छाँयाक्षेत्र मिडिया प्रा लि ( पब्लिक आवाज ) , रेडियो आधिखोला र रुटिन अफ वालिङ बन्द रहेका छन । खेलुकदलाई सम्पन्न गर्न अहिले आयोजक टिम तयारी अवस्थामा जुटेको छ ।

प्रतिक्रिया