‘सत्यम्’ का सर्जक वियोगी ‘राजस्थल युवा प्रतिभा सम्मान–२०८३’ बाट सम्मानित
स्याङ्जा ।
नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई ‘राजस्थल युवा प्रतिभा सम्मान–२०८३’ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा उक्त सम्मान गरिएको हो ।
वालिङ नगरपालिका–३ (साविक माझकोट शिवालय गाविस) का वियोगीको गत वर्ष सत्यम् कथासङ्ग्रह सार्वजनिक भएको थियो । स्याङ्जा साहित्य प्रतिष्ठानबाट २०५२ सालदेखि नियमित रूपमा प्रकाशित हुने साहित्यिक त्रैमासिक पत्रिका ‘राजस्थल’ को श्रीवृद्धिमा पु¥याएको महत्वपुर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै उनी सम्मानित भएको जनाइएको छ ।
नेपाली पत्रकारिता र साहित्यको उत्थानमा वियोगीको समर्पण सराहनीय रहेको सम्मान पत्रमा उल्लेख छ । सम्मान समारोहमा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना, शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष सुबोध कुमार अधिकारी र प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तको उपस्थिति रहेको थियो । आयोजकले वियोगीको सु–स्वास्थ्य र आगामी दिनमा साहित्यिक क्षेत्रमा थप उर्जाशील यात्राको कामना समेत गरेको छ ।


प्रतिक्रिया