रास्वपाको महाधिवेशनमा कांग्रेस सभापतिले भने—‘प्रश्न गर्न छाड्नु हुदैन’
हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ। तपाईंले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौँ। त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्थ्यो, सकेनौँ। हामीले ढिलो गर्यौँ। तपाईहरु पनि नेताप्रति प्रश्न गर्न नछाड्नु होला ।


प्रतिक्रिया