माछापुच्छे बैंकबाट सामाग्री सहयोग

वालिङ ।
स्याङ्जाको वालिङ स्थित  माछापुच्छे बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामाग्री सहयोग गरेको छ । वालिङ स्थित धार्मिकस्थल केदारनाथ मन्दिर र श्रवणकुमार पार्कलाई सामाग्री सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

केदारनाथ मन्दिरलाई एकथान दराज सहित पलाष्टिकका कुर्चि र श्रवणकुमार पार्कलाई फोहोर संकलन गर्ने डस्विन सहयोग गरेको बैंकका वालिङ शाखा प्रमुख खेमनारायण काफ्लले जानकारी दिए । केदारनाथ मन्दिर व्यवस्थापन समितिका सचिवलाई दराज र कुर्चि वालिङ ८ का वडा अध्यक्ष दामोदर तिवारीले हस्तान्तरण गरेका थिए । त्यस्तै श्रवरणकुमार पार्कका लागि नवप्रभात युवा क्लवलाई हस्तान्तरण गरेको बैंकका शाखा प्रमुख काफ्लेले बताए ।

बैंकले झण्डै ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको जनाएको छ । मन्दिरलाई एकथान सिसी क्यामेरा समेत उपलव्ध गराउने बैंकले जनाएको छ । मन्दिरमा रहेका धार्मिक पुस्तकहरुको व्यवस्थापनमा सहज होस भन्ने उदेश्यले दराज सहयोग गरेको शाखा प्रमुख काफ्लेले बताए । धार्मिकस्थलमा आउने भक्तजनहरुलाई बसेर पुजाआजा गर्न सहज होस भन्ने उदेश्यले कुर्चि र श्रवरणकुमार पार्कमा घुम्न आउने आन्तरिक पर्यटकलाई फोहोर एकै ठाउमा व्यवस्थापन गर्न सहज हुने अपेक्षा राखेर डस्विन प्रदान गरेको बैंकले जनाएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दामोदर तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, पुर्व वडा अध्यक्ष कमल सुवेदी, टोल विकास समितिका अध्यक्ष कल्पना सुवेदी, आमा समुहका अध्यक्ष गंगा सुवेदी र मन्दिर व्यवस्थापन समितिका सचिव खगेन्द्रप्रसाद अर्याल लगायतले बैंकले गरेको सहयोग प्रशंसनीय रहेको बताएका थिए ।

 

प्रतिक्रिया