गल्याङमा शैक्षिक सामाग्री प्रदर्शनी हुने
गल्याङ् ।
स्याङ्जाको गल्याङ नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र शैक्षिक सामाग्री प्रदर्शनी गर्ने भएको छ । गल्याङ नगर शिक्षा समितिको बिहिवार बसेको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र बृहत शैक्षिक सामाग्री प्रदर्शनी गर्ने निर्णय गरेको हो । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईको बिशेष उपस्थितीमा बसेको बैठकले दुई शैक्षिक गतिविधि गर्ने कार्यक्रम तय गरिएको शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले जानकारी दिए ।
मंसिरको आउदो २७ देखी २९ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको भण्डारीले बताए । त्यस्तै बृशत शैक्षिक सामाग्री प्रदर्शनी भने माघ गर्ने गरी निर्णय भएको छ । माघको अन्तिम साता सम्म सम्पन्न गर्नेगरी निर्णय भएको भएपनि मिति भने तय नभएको भण्डारीले बताए ।
राष्ट्रपति रनिङ शिल्डमा गल्याङ नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागतका मावि विद्यालयको सहभागिता रहने बताइएको छ । नगरभित्र संस्थागत, सामुदायिक र गुरुकुलम गरी २१ मावि विद्यालय रहेका छन् । शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा भने आधारभुत र मावि दुवै सहभागी हुने व्यवस्था मिलाएको शिक्षा शाखा प्रमुख भण्डारीले बताए ।
शैक्षिक सामाग्री प्रदर्शनीमा गणित, विज्ञान र सामाजिक बिषय सम्वन्धी सामाग्री प्रदर्शनी हुने छ । यो प्रतियोगितात्मक हुने भएकाले यसको नतिजा पनि दुई किसिमबाट गरिने उनले बताए । शैक्षिक प्रदर्शनीमा २१ मावि र ३९ आधारभुत विद्यालय सहभागी हुने छन् । यो भन्दा अगाडी गतबर्ष पनि गल्याङ नगरपालिकाले शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगिता सम्पन्न गरिसकेको छ । यो बर्ष पनि विद्यार्थीको क्षमता अभिबृद्धिमा टेवा पुग्ने उदेश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरभित्रका सबै प्रधानाध्यापकहरु सहित सहभागिता रहेको बैठकले केही प्रशासनिक, गुणस्तरीय शिक्षा लगायगतका बिषयमा समेत छलफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिए । बैठक शिक्षा तथा खेलकुद शाखाका नायव सुब्बा अग्निधर बस्यालको अध्यक्षतामा बसेको थियो । सो क्रममा प्रमुख भट्टराई र उपप्रमुख हेमा न्यौपानेको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया