महिला शिक्षिकाहरुले मात्रै हाँकेको बिद्यालय
हिमाल न्यौपाने,
गल्याङ ।
चुलो चौकामा मात्र सिमित महिलाहरु अवसर पाए पुुरुस सरह काम गर्न सक्छन भन्ने उदाहरण स्याङ्जाको एक विद्यालयले देखाएको छ । २०४६ सालमा स्थापना भई हालसम्म महिलाहरु मात्रै प्रधानाध्यापक भएर प्रशासन चलाउदै आएको स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङ स्थित ज्ञानज्योती आधारभुुत विद्यालय जिल्लामै पहिलो महिला शिक्षिकाहरुले हाँकेको बिद्यालय हो ।
२०४६ सालमा स्थापना भएको स्याङजाको गल्याङ नगरपालिका ३ लल्याङमा रहेको श्री ज्ञानज्योती आधारभुत बिद्यालयमा हालसम्म महिलाहरुले मात्रै बिद्यालय संचालन गर्दै आएका छन । चुलो चौकामा मात्र सिमित महिलाहरु अवसर पाय पुुरुषसरह काम गर्न सक्छन भन्ने उदाहरण यो बिद्यालयका शिक्षिकाहरुले देखाएका छन् । बालकालिका बिद्यालय प्रवेस गरेपछी घरमै बसेर अध्ययन गरेजस्तो महसुस हुुने, छोराछोरी समान ब्यावहार हुने भएकाले बालबालिकाको रोजाईमा यो बिद्यालय परेको छ । ६१ बिद्यार्थी रहेको बिद्यालयमा ५ दरवन्दी तथा दुई कर्मचारी गरी सात जना महिला शिक्षिकाले पठन पाठन गराउदै आएका छन । आफुले सिकेका कुुराहरु बिद्यार्थीमाझ फरक ढंगवाट ब्यावाहारीक शिक्षा प्रदान गर्ने गरी शिक्षा दिने गरेको बिद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले बताइन् ।
गल्याङ नगरपालिकामा ७ संस्थागत, ६२ सामुदायीक र १ गुरुकुल विद्यालय रहेका छन । पालिकामा ५ हजार २ सय ५६ बिध्यार्थी संख्या रहेको भएतापनी ज्ञानज्योती आधारभुतमा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्रियाकलापमा अगाडी देखिन्छन । महिलामैत्री शिक्षिका भएको उक्त बिद्यालयमा पालिकाले समेत बिशेष ध्यान दिने गरेको गल्याङ नगरपालिका प्रमुख गुुरु प्रसाद भट्टराईले बताए ।
बिद्यालय पठन पाठन, प्रशासन तथा सम्पुुर्ण ब्यावस्थापन पक्षलाई सरल तरीकाले सहजीकरण गर्दै आएको महिलामैत्री ज्ञानज्योती आधारभुुत बिद्यालयले जस्तै अन्य बिद्यालयले पनि सरल तरीकावाट ब्यावहारीक शिक्षामा जोड दिन सक्ने हो भने अन्य बिद्यालयमा पनी नतिजा राम्रो हुुने विश्वास अभिभावकहरुको छ । महिलामा इमान्दारीता, लगनशिलता र कामप्रति महिलाहरुको अनुशासन रहने भएकाले महिलाहरुले चलाएको विद्यालय आफैमा सफल रहने अभिभावकहरु बताउछन् ।


प्रतिक्रिया