वालिङलाई सुन्दर शहर बनाउने हो : सांसद तिवारी

वालिङ ।
गण्डकी प्रदेश सभाका सांसद कल्पना तिवारीले वालिङलाई सुन्दर शहर बनाउने बताएकी छन् । ट्रिनिटी क्लव वालिङले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय पितृ स्मृति ट्रिनिटी कप महिला फुटबल प्रतियोगिताको उदघाटन गर्दै सांसद तिवारीले वालिङलाई सुन्दर शहर बनाउने परिकल्पना साकार हुने बताएकी हुन् । स्मार्ट नगरको रुपमा उन्मुख वालिङलाई सुन्दर शहर बनाउन २० बर्षे रणनीति तयार गरिएको बताउदै सांसद तिवारीले सिमित साधनश्रोतले काम गर्नुपर्ने बाध्यताका विच वालिङलाई सुन्दर बनाउने अभियानमा हामी रहेको बताइन् ।

हिजो स्थानीय सरकारको भुमिका थिए सांसद तिवारीले भनिन्,‘अहिले प्रदेशको भुमिका छु तर पनि वालिङ हामीले नै बनाउने हो ।’ वालिङ बनाउने जिम्मा हाम्रो हो, हामी बनाउछौं निराशा नहुनुहोस वालिङवासीलाई तिवारीले भनिन् । विकासको मोडेल तयार भइसकेको छ उनले भनिन्,‘त्यही मोडेल अनुसार विकास हुन्छ ।’ वालिङ बनाउन सबै एकैठाउँमा उभिनुपर्छ उनले भनिन् ।

खेलेक्षेत्रलाई अगाडी बढाउन ट्रिनिटी क्लवले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउदै सांसद तिवारीले यो क्लवले उत्पादन गरेका खेलाडी राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा पुगेको बताइन् । खेले क्षेत्रले पनि वालिङलाई चिनाएको छ सांसद तिवारीले भनिन्,‘यसको सबै श्रेय ट्रिनिटी कलवलाई जान्छ ।’ खेलाडी उत्पादनमा क्लवले खेलेको भुमिकामा तिनैतहका सरकार सहयोगी बन्नु आवश्यक छ उनले भनिन् । महिला खेलाडीलाई प्रोत्सहन र हौसला प्रदान गर्न आयोजना गरिएको फुटबल प्रतियोगिताको सफलताको कामना पनि तिवारीले गरिन् । १८ गतेदेखी शुरु भएको प्रतियोगिता २३ गतेसम्म वालिङ खेलमैदानमा संचालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ७ टिम महिला खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया