तरुण दलको रक्तदानमा १ सय ११ युनिट रगत संकलन

भीरकोट ।

नेपाल तरुण दल स्याङ्जाले भीरकोट नगरपालिका–१, बयरघारीमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट १ सय ११ युनिट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रममा संकलन भएको रगत आवश्यकताका आधारमा बिरामीको उपचारमा प्रयोग गर्न सकिनेछ। पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीका लागि रगतको आवश्यकता बढ्दै गएकाले रक्तदान कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ। नेपाल तरुण दल स्याङ्जाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायतका मानवीय तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ। युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउँदै आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकको भनाइ छ। आयोजकका अनुसार कार्यक्रममा १ सय ११ जना रक्तदाताबाट १ सय ११ युनिट रगत संकलन भएको हो। रक्तदानमा सहभागी सबै रक्तदाताप्रति तरुण दल स्याङ्जाले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया