एकसाता स्याङ्जामा सडक दुर्घट्नाबाट १९ घाइते

स्याङ्जा ।
सवारी दुर्घट्ना स्याङ्जामा बढ्न थालेकोे छ । ट्राफिक प्रहरीले दुर्घट्ना न्युनिकरण अभियान सञ्चालन गरेकै बेला स्याङ्जामा दैनिकजसो सडक दुर्घट्ना बढ्न थालेको हो । एकसातामा सडक दुर्घट्नामा १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग र भित्री सडकमा सवारी दुर्घट्ना भएका थिए । शुक्रवार मात्रै सडक दुर्घट्नामा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार भीरकोट ६ कार्कीडाँमा जिप दुर्घट्ना हुँदा १२ जना घाइते भएका छन् । बयरघारीबाट तिसेदी तर्फ जादै गरेको ग २ च ७३७५ नम्वरको जिप दुर्घट्ना हुँदा जिपमा सवार चालक सहित १२ जना घाइते भएका थिए ।
भित्री सडकखण्डमा भएको दुर्घट्नामा परी घाइते भएका सबैको कालीका सामुदायीक अस्पताल हेलुमा सामान्य उपचारपछि अधिकांश घाइतेलाई पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । उकालोबाटोमा जिप ब्याक हुन गई दुर्घट्ना भएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको बताइएको छ । ग्रामिण सडक र क्षमता भन्दा बढी यात्रु बोकेर हिडेकाले जिप दुर्घट्ना भएको प्रारम्भीक अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार घाइते हुने सबै स्थानीय रहेका छन् ।
जिप दुर्घट्नामा भीरकोट ९ का २७ बर्षिय सन्तोषी रेग्मी र उनको ६ बिर्षय छोरा अन्मोल रेग्मी, सोही ठाउँका ३० बर्षिय गंगाराम रग्मी, ६० बर्षिय दिलबहादुर रोका, ७१ बर्षिय बमबहादुर रोका, ४८ बर्षिय लक्ष्मी बराल, ५१ बर्षिय सोमबहादुर गोदार, ६५ बर्षिय बाटुली सारु मगर, ७ बर्षिय जोनिस रोका, भीरकोट ६ बस्ने बर्ष २३ की अनु पुन मगर, बर्षका ४ का प्रतिक्षा परीयार र बर्ष २ का प्रतिष परीयार रहेका छन् । सबैको हात, खुट्टा, टाउको र पिठ्युमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसै विच सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ मालुङ्गा सडक खण्डमा कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनामा परी पोखरा महानगरपालिका ११ कास्कीका कार चालक ४३ बर्षका सुमन गुरुङ, पोखरा महानगरपालिका ३० बस्ने २८ बर्षिया उत्तम भण्डारी र पोखरा महानगरपालिका ५ बस्ने ३५ बर्षका सन्दिप थकाली घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, कायाँ पिठ्युमा चोट लागेको बताइएको छ ।
घाईते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । कार आफै अनियन्त्रित भएर दुर्घट्ना भएको जनाइएको छ । वालिङ गल्याङमा सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ८ चिउरीमा वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र.०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिका थिए ।
दुर्घटनामा परी गल्याङ ११ का ३७ वर्षीय पदम सिंजाली, कास्कीको माछापुच्छ«्रे गाउँपालिका ७ का २६ वर्षीय सन्देश गुरुङ, वालिङ ९ का २६ वर्षीय विशाल हिताङ्, पर्साको वीरगन्ज महानगरपालिका २ घण्टाघर घर भई वालिङ बस्दै आएका २० वर्षीय भोला चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घट्ना न्युनिकरण गर्न ट्राफिक प्रहरीले चालेको अभियान सवारी दुर्घट्ना बढेसगै सफलता नमिलेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया