वालिङका विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन

वालिङ ।
एसईइ दिएपछि कुन बिषय पढ्दा रोजगारको सुनिश्चित हुन्छ भन्ने बारेमा अन्योल हुने विद्यार्थीका लागि वालिङमा वृत्ति मार्गनिर्देशन संचालन गरिएको छ । भविष्यको अन्यौलतामा रहेका विद्यार्थीहरुलाई यो कार्यक्रमले टेवा पुग्ने वालिङ नगर शिक्षा शाखाले जनाएको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीहरु भविष्यमा के गर्ने भन्ने अन्यौलतालाई यो मार्गनिर्देशनले सहज हुने विश्वास व्यक्त गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा चार विद्यालयमा अध्ययनरत कक्षा ९ का १ सय ८६ विद्यार्थीलाई यो कार्यक्रम संचालन गरिएको शिक्षा शाखा अधिकृत गीता पाठकले जानकारी दिइन् ।
भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको छ शिक्षा अधिकृत पाठकले भनिन्,‘दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई सहजरुपमा आत्मसम्मान मिल्ने छ ।’ नेपालमा अवसरहरु धेरै छन् तर ति अवसर खोज्न विद्यार्थीले नजान्दा रोजगारबाट बन्चित हुन पुगेका छन्, यो कार्यक्रमले विद्यार्थीलाई सहज हुने छ उनले भनिन् ।
वालिङ नगरपालिकाले पहिलो चरणमा सरस्वती मावि र पुर्णमृत भवानी मावि केन्द्रमा ९८ जना विद्यार्थीहरुले सहभागीता जनाएका छन् भने दोस्रो चरणमा रणविर जनहित मावि र बालशिद्ध माविका ८८ जना विद्यार्थी सहभागी हुने शिक्षा शाखाले जनाएको छ । पहिलो चरणको कार्यक्रम पौष २९ गते सम्म संचालन हुने र दोस्रो चरणको कार्यक्रम माघ १४ देखी १९ गतेसम्म हुने शिक्षा शाखा अधिकृत दुर्गा न्यौपाने गैह्रेले जानकारी दिइन् । पहिलो चरणको कार्यक्रममा जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक मातृका अर्याल, बालशिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम रेग्मी र हिमाली माविका शिक्षक लोकराज खनालले सहजीकरण गरेका थिए ।
यो कार्यक्रमले भोली एसईई दिएर उच्च मावि अध्ययनका लागि शुरु गर्ने विद्यार्थीका लागि निकै प्रभावकारी हुने बताइएको छ । विद्यार्थीको रुची, खुबी र क्षमताको पहिचान हुन सक्यो भने भविष्यमा सफल नागरिक बनाउन सकिन्छ भन्ने उदेश्यले नेपाल सरकारले यो कार्यक्रम अगाडी सारेको थियो ।
प्रतिक्रिया