भीरकोट नगरपालिकाद्वारा विपद् कोषमा ७ लाख सहयोग

भीरकोट ।

स्याङ्जाको भीरकोट नगरपालिकाले राष्ट्रिय विपद्को समयमा सहयोग गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् परेको अवस्थामा तत्काल बैठक बसेर नगरपालिकाले विपद् व्यवस्थापन तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको निर्णयअनुसार भीरकोट नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ र नगरपालिकाका जनप्रतिनिधिहरूको तर्फबाट २ लाख रुपैयाँ गरी कुल ७ लाख रुपैयाँ राष्ट्रिय विपद् कोषमा सहयोग गरिने भएको छ। विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। स्थानीय सरकार आफैंले विपद्को सामना गर्नुका साथै राष्ट्रियस्तरमा परेको विपदमा समेत आफ्नो दायित्व निर्वाह गर्नुपर्ने भएकाले सहयोग गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले बताए। नगरपालिकाले विपद्का बेला सबै पक्षबीच सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको जनाएको छ। नगरपालिकाको निर्णयले विपद् प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया