वालिङका मुस्लिम समुदायले भने—हामीले काँग्रेस छाडेका छैनौ

वालिङ ।
मुस्लिम समुदायका सम्पूर्ण ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरे भनी गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको बताईएको छ ।
मुस्लिम समुदायका ज्येष्ठ नागरिकहरु, महिला तथा यूवाहरु नेपाली काँग्रेसको पार्टी कार्यालयमा उपस्थित भई आँफूहरु कुनै पनि पार्टीमा नगएको र नेपाली काँग्रेसमै रहेको बताएका हुन् ।
सीमित ब्यक्ति गएपनि मस्लिम समुदायका धेरैको संख्यामा कार्यकर्ताहरु नेपाली काँग्रेसमै रहेको र पार्टी छाडेर नजाने प्रतिबद्धता जनाएका थिए ।
हामी नेपाली काँग्रेस पार्टी छाडेर गएका होईनौं र जाँदा पनि जाँदैनौं मुस्लिम समुदायका युवक अहमद अलीले भने,‘सामाजिक सञ्जालमा आएका कुराहरु भ्रमात्मक हुन् यसमा कुनै सत्यता छैन ।’
मुस्लिम समुदायको माग र सुनुवाईकाबारेमा ध्यान दिने पार्टी नेपाली काँग्रेस भएको दाबी गर्दै उनले मुस्लिम समुदायका यूवाहरु झनै सशक्त भएर चुनाव प्रचार प्रसारकालागि घरदैलो अभियानमा अगाडि बढेको जिकिर गरे । सामाजिक संजालमा वालिङका मुस्लिम समुदाय नेकपा एमालेमा प्रवेश गरेको खबर बाहिर आएको थियो । त्यस बिषयमा सत्यता नभएको भन्दै वालिङका मुस्लिम समुदाय स्वत स्फुर्त वालिङ बजारमा काँग्रेसका उम्मेदवारलाई भोट माग्दै हिडेका थिए ।
प्रतिक्रिया