पुतलीबजारमा मेयरकप प्रतियोगिता सुरु

भवानी अधिकारी,
स्याङ्जा ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित पुतलीबजार नगरपालिकामा मेयर कप भलिवल प्रतियोगिता आजदेखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर मैदानमा मेयर कप पुरुष÷महिला भलिवल प्रतियोगिता गरिएको हो । पतियोगिताको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी.ले शारिरीक एवं मानसिक स्वस्थ्यताका लागि खेलकूद प्रतियोगिता आवश्यक पर्ने बताउनुभयो । नगरपालिकाले गुणस्तरीय खेलाडी उत्पादनका लागि आवश्यकता अनुरुपका पूर्वाधार निर्माणमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, शिक्षा विकास समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामााजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष इमबहादुर सेन, नेपाली कांग्रेसका नगरसभापति सुरजकुमार अधिकारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कर्मशका अध्यक्ष लोकनाथ रेग्मी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी लगायतले खेलकुदका महत्वका बारेमा चर्चा गरे ।

नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवं शिक्षा अधिकृत गोबिन्द सुवेदीले संचालन गरेका थिए । भलिवल प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ४ समूह सहभागी हुने खेल प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जानकारी दिए । तीन दिने प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुने समूहले क्रमश ५० हजार, ३० हजार, १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया