विपीको सम्झना गर्दै स्याङ्जा काँग्रेस

वालिङ ।
नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ४१औंँ स्मृति दिवस साउन ६ गते स्याङ्जामा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली कांग्रेस स्याङ्जाले विभिन्न कार्यक्रम गरेर उक्त मनाउने भएको हो । नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले जिल्लाका ९७ वटै वडामा विविध कार्यक्रम गरि विपी स्मृति दिवस मनाउन सम्वन्धित वडा तथा स्थानीय तहहरुलाई परिपत्र गरिएको जनाएका छन् । वृक्षारोपण, सरसफाई, विरामी तथा कैदीबन्दीहरूलाई फलफूल वितरण, रक्तदान, प्रवचन, विचार गोष्ठी आदि जस्ता कार्यक्रमहरु प्रत्येक पालिकामा अनिवार्य रुपमा र सम्भव भएसम्म वडातहसम्म आयोजना गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जानकारी गराएको छ ।

विपी स्मृति दिवस मनाउने कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा बिहान ८ बजे वी.पी.चोक स्याङ्जामा स्व. वी.पी. कोइरालाको शालिकमा माल्यार्पण कार्यक्रम पश्चात् पुतलीबजार–४, स्थित भालुपहाड क्षेत्र परिसरमा बिहान ९ बजे वृक्षारोपण तथा विचार गोष्ठीको समेत आयोजना गरिएको का.वा. अध्यक्ष काफ्लेले जानाकारी दिए । काफ्लेले जिल्लामा हुने सबै तहका कार्यक्रमहरुमा नेपाली काँग्रेस समर्थक सम्पूर्ण तह र तप्काका महानुभावहरुलाई उपस्थित हुन अनुरोध समेत गरेका छन् ।

यसैगरि नेपाल तरुण दल भीरकोट नगर समितिले पनि विपी स्मृति दिवसमा विविध कार्यक्रमहरु संचालन गर्ने भएको छ । तरुण दल भीरकोटका सभापति राजकुमार गुरुङ्का अनुशार नेपाल तरुण दल स्याङ्जाको समन्वयमा भीरकोट नगर कार्य समितिको आयोजनामा भीरकोट नगर अस्पतालको परिसरमा बृहत् रक्तदान कार्यक्रम तथा स्याङ्जाबाट नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्य समितिको सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

जिल्लाका ११ वटै स्थानीय तहहरुले विविध कार्यक्रम गरि स्मृति दिवस मनाउदै छन् । सबै भन्दा धेरै क्रियाशिल सदस्य रहेको वालिङ नगरपालिकाले सदा झै विपी चोकमा विचार गोष्ठिका साथ विविध कार्यक्रम गर्दैछ । वालिङका नगर सभापति नेत्र पाण्डेले उक्त दिन सरसफाई तथा विचार गोष्ठीको आयोजना गरिएको बताए ।

प्रतिक्रिया