नेपाली कांग्रेस पुतलीबजारको आन्तरिक बिशेष अभियान

भवानी अधिकारी—स्याङ्जा ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमिति स्याङ्जाको आयोजना आन्तरिक बिशेष अभियान अन्र्तगतका कार्यक्रम सम्पन्न भएका छन् ।
पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस मुख्यालयमा आयोजित अभियानको उदघाटन गर्दै गण्डकी प्रदेश सदस्य बिनाकुमारी श्रेष्ठले आन्तरिक बिशेष अभियानका बारेमा जानकारी गराएकी थिइन् । उनले नेपाली कांग्रेसले निकै कहाली लाग्दा समयसंग जुध्दै बनाएको इतिहास र विरासत जोगाउदै यहाँसम्म आइपुगेको बताइन् ।
आम नागरिकका स्तन्त्रताका निम्ति राणा र निरंकुश पञ्चयती शासन बिरुद्ध आन्दोलन छेडेको कांग्रेस पार्टीको संरक्षण र सम्बद्र्धनका लागि तपाई हामी नेता तथा कार्यकर्ता एक ठाउँमा उभिई आममानिसका आवश्यकता परिपूर्तिका निम्ति निती तया योजना बनाएर अघि बढ्नु पर्नेमा उनको जोड थियो । पार्टीले दिएका सबै जिम्मेवारीलाई इमान्दारितापूर्वक पुरा गर्नु पर्ने बताउदै उनले दृढ इच्छाशक्ति बोकेर संगठन विस्तारमा जुट्न सुझाव दिइन् । कसैलाई पनि गाली गरेर माथि पुग्न नसकिने बताइन् ।
यसैगरी, जिल्ला प्रतिनिधि एवं महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेलले नेपाली कांग्रसले आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यका बारेमा प्रशिक्षण दिएका थिए । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ्, कार्यवाहक सभापति केदार काफले, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), क्षेत्रीय सभापति तुलसीराम रेग्मी, महासमिति सदस्यहरु देवी अर्याल, कृष्णप्रसाद अर्याल, क्षेत्र नं १ (१) प्रदेश सभापति केशरबहादुर खाँण (धु्रव) लगायतले कांग्रेसका बिचार, सिद्धान्त, नीति, कार्यक्रम र योजनाका लिएर घरघरसम्म पुग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका मुल पार्टी र भातृसंस्थामा आवद्ध पदाधिकारी तथा सदस्यहरुले आ आफना धारणा सहितका सुझाव दिएका थिए । अभियानमा जिल्ला, क्षेत्र, नगर, महाधिवेशन, प्रदेश, नगर, वडाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता थियो । पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शारदा पाखेरेलले स्वागत एवं सचिव महादेव श्रेष्ठले संचालन गरेका थिए । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुरुप आन्तरिक बिशेष अभियान मुलुकभर एकसाथ संचालनमा छन् । स्याङजामा पनि साउन २० देखि ३० सम्म संचालनमा रहने जनाइएको छ ।
प्रतिक्रिया