वीपी जन्मजयन्तीको अवसरमा—वेसाहारा महिलाका लागि आवासिय घर

स्याङ्जा ।

नेपाली कांग्रेस विरुवा गाउँपालिकाले १११ औं वीपी जयन्तीको अवसर पारेर असहाय एकल महिलाको लागि आवासीय घर बनाइदिने भएको छ । वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै विरुवा —५ किचनास स्थित पुष्पगाउँको दलित बस्तीका ६० बर्षिया नानीमाया विकको घर शिलान्यास गर्दै संघिय सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले रैतीबाट नागरिक बनाउने अभियान छेडेर हामीलाई सो मार्गमा हिडाउन अभिप्रेरित गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता वीपीको सिद्धान्त र आर्दशलाई शिरोधार्य गर्दै नेपाली कांग्रेसले यस्तै सामाजिक कार्यमा जुटेको बताए ।

राजनीति गर्ने हामी सबै सुखदुखका साथी हौ,‘वीपीको नाममा दलित बस्तीमा घर निर्माण गर्ने अभियानले वीपीको सपना पुरा हुनेछ ।’ गरीवका सपना देख्ने महान नेताको सम्झनामा घर निर्माण अभियानले अब जिल्लाभर सार्थकता पाउने छ सभापति थापाले भने । लामो समयदेखि दलितलाई हेपेको हाम्रो समाजले दलितका सीप कलालाई राज्यले उपयोग गर्न आवश्यक रहेको थापाले बताए । नेपाली कांग्रेस र दलितको सम्बन्ध गर्भे सम्बन्ध हो । पार्टी जन्मदै महामन्त्री वीपी पछिको दोश्रो नेता धनमानसिंह परियार हुन । कांग्रेस जन्मदै दलित बोकेरै जन्मेको पार्टी हो । दलित उत्थानका गर्दे समता दिवस मनाउने र छुवाछुतको अन्त्यका लागि आवाज उठाउने पार्टी पनि नेपाली कांग्रेस नै हो सभापति थापाले भने ।

 

अब छिटै घर निर्माणगरि विकलाई हस्तान्तरण गर्ने जनाउदै संघिय सांसद समेत रहेका थापाले घरको छानाका लागि आवश्यक जस्तापाता ब्यक्तिगतरुपमा आवश्यक सहयोग गर्ने बताए । पार्टीले अघि बढाएको प्रक्रियालाई साथ दिदै र आउदा दिनमा सुखदुखमा साथ दिने सभापति थापाको भनाई छ ।

सोही अभियानमा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गर्ने जनाएका छन् । दशै अगावै घर निर्माण सक्नेगरी सुरु गरिएको नेपाली कांग्रेस विरुवा गाउँपालिका सभापति डोलराज पोखरेलले जानकारी दिए । दुई कोठे घर निर्माण गरिने भएको छ । भूकम्पको धक्काबाट भत्केको घर असार २२ गते ढलेपछि नानीमायाले छिमेकीकोे घरमा शरण लिएर बसेको बताइन् । ‘धेरै दुख सहेर बसेकी थिए । धेरैले के के बचन लगाए । मेरो कुरै सुनिएन । अहिले घर बनाईदिन थाल्नु भएको छ । धेरै खुशी लागेको छ विकले भनिन्  शिलान्यास कार्यक्रममा कांग्रेसका गाउँपालिका सचिव श्रीराम शर्मा र ओमनाथ शर्मा लगायतले वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै घर निर्माणका लागि आवश्यक सहयोग गर्ने बताए ।

यता नेपाली काँग्रसका संस्थापक नेता एवम् महामानव विश्वश्वर प्रसाद कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विपन्न माझी परिवालाई खाद्यान्न सहयोग गरिएको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिले बिपिको जन्मजयन्तीको अवसरमा विपन्न वर्गलाई सहयोग कार्यक्रम अन्र्तगत भीरकोट ६ चिउरेनी स्थित प्रेम माझीको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

सहयोग कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगरप्रमुख छायाराम खनाल, तोयानाथ कोइराला लगातले मन्तव्य राखेका थिए । नेपाली काँङग्रेसका भीरकोट नगरसभापति लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीरकोट वडा नं ७ का वडा अध्यक्ष एवम् नगरसचिव तारा प्रसाद अर्यालले सञ्चालन गरेका थिए । सहयोग सामाग्रीमा चामल, दाल, नुन, तेल, चिनि, चियापत्ति सिरक र विस्तारा लगायतका सामाग्री सहयोग गरेको हो ।

नेपाली काँग्रेस भीरकोट नगर समितिले भीरकोट ६ चिउरेनी स्थित माझी गाउँका प्रेम माझीको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र माइलो छोरा राजेन्द्र माझीको खसेर निधन भएकाले १३ औँ दिन पश्चात विपिको सिद्धान्त अनुसार विशेष अभियान नै चलाएर माझीको परिवारलाई वासका लागी घर निमार्ण गर्ने प्रतिबद्धता समेत गरेको छ ।

 

प्रतिक्रिया