सम्पदा खड्काले जितिन ‘शिशु निकेतन सिंगिङ स्टार’को उपाधि

 

स्याङ्जा ।

‘शिशु निकेतन सिंगिङ स्टार’ को उपाधि सम्पदा खड्काले जितेकी छन् । फाइनलमा पुगेका ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । पुतलीबजार नगरपालिका बाढखोलामा रहेको शिशु निकेतन आवासीय माध्यमिक विद्यालयले हरेक बर्ष नृत्य तथा गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । गायन प्रतियोगितामा संजोग गोदार दोस्रो भए । यसैगरी सोही विद्यालयले आयोजना गरेको कालिका सिंगिङ स्टार प्रतियोगितामा सुगम पोख्रेल प्रथम भए भने निश्चल नेपाली दास्रो भए ।

यसैगरी डान्सिङ स्टारको उपाधी सुचना सेन र श्रेया परियारले हात पारेका छन् भने आयुष्मा भुजेल र रोशिका ढकालले उपविजेतामा चित्त बुभाएका छन् । प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतिक्रिया