पत्रकार सिग्देल सहित तीनजना नगद सहित सम्मानित

स्याङ्जा ।
झण्डै दुई दशकदेखी पत्रकारितामा सक्रिय रहेका राजधानी दैनिक, सगरमाथा टेलिभिजन, पब्लिक आवाजमा काम गर्ने पत्रकार श्रीकृष्ण सिग्देल नगद सहित तीनजना पत्रकार सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट समाजलाई महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार सिग्देल, गोरखापत्र दैनिकका अर्जुन काफ्ले र हरिप्रसाद सुवेदी सम्मानित भएका हुन् ।

अकला आवाज राष्ट्रिय साप्ताहिक पत्रिकाले आयोजना गरेको ‘स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकार सिग्देल सहित ३ जना पत्रकारहरुलाई नगद पाँच हजार पाँच सय रुपियाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेशका पुर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँणले पत्रकारहरुलाई सम्मान गरेका थिए ।

पत्रकारलाई सम्मान गर्दै गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति अर्यालले नेपालको हरेक परिवर्तनमा पत्रकारको भूमिका महत्वपुर्ण रहेको बताए । मिडिया संचालन र पत्रकारहरुको पारिश्रमिकमा निकै समस्या रहदा रहदै पनि नेपाली मिडिया र पत्रकारहरुले खेलेको भुमिकालाई भुल्न नहुने सभापति अर्यालको भनाई थियो । स्याङ्जाको विकासमा जनप्रतिनिधि, पत्रकार र कर्मचारीहरु मिलेर काम गर्नुपर्ने धारणा राख्दै लुकेका र लुकाइएका बिषयको खोजी गरि उजारगर गर्न सभापति अर्यालले सबै पत्रकारहरुलाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकामा बारेमा बोलेका थिए ।

समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेको भन्दै पहिलो चरणमा तीन जना सक्रिय पत्रकारलाई सम्मान गरिएको अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रकाशक प्रकाश डुम्रेले जानकारी दिए । पत्रकार र पत्रकारितालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका सबै एकै ठाउँमा उभिनुपर्ने डुम्रेको भनाई थियो । सो अवसरमा सञ्चारिका समूह स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । यस्तै २०८२ को क्यालेन्डर समेत सामूहिक रुपमा विमोचन गरिएको थियो ।

तीनजना पत्रकार सहित जिल्लाको विकासमा मिडियाले खेल्नुपर्ने बिषयमा एकदर्जन भन्दा बढी अगुवाहरुले आ—आफ्ना धारणा व्यक्त गरेका थिए । पहिलो पटक मिडियाले जिल्लाको विकासका लागि जनप्रतिनिधि सहित सामाजिक अगुवाहरुलाई एकै ठाउँमा राखेर बहस चलाउनु अत्यन्तै प्रशंसनीय भएको बताएका थिए । अकला आवाजका संवाददाता आयुष्मा काफ्लेले संचालन गरेको कार्यक्रमको स्वागत सम्पादक शिव डुम्रेले गरेका थिए ।

प्रतिक्रिया