कोटिहोम महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता

पोखरा
गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ जारी छ । २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर र आसपासको स्थानीय जग्गामा संचालन भएको महायज्ञ जारी रहेको हो । ४१ दिनसम्म निरन्तर हवन हुने यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन अनुरोध गरिएको छ । अनुराधा पाण्डेयले चैत्र २९ गतेदेखि भागवत कथा प्रबचन शुरू गरेका छन् भने देवी प्रतिभाजीले गत शुक्रबारदेखि दैनिक प्रबचन दिइरहेकी छन् । दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका धर्मगुरुहरूले कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

वैशाख १६ गतेदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र सांस्कृतिक कलाकारहरूको सहभागिताले महायज्ञको रौनक थपिने विश्वास आयोजकको छ । यज्ञ अवधिभर कथा वाचन, भजन, प्रवचन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसमा साधु–सन्त, ब्राह्मण, भक्तजन र आध्यात्मिक प्रेमीहरूको बृहत् उपस्थितिले आध्यात्मिक वातावरण सिर्जना गरेको छ । सामाजिक एकता र सद्भावको प्रतीक बनेको यो महायज्ञमा जनप्रतिनिधि, स्वयंसेवक, महिला समूह, बालबालिका र वरिष्ठ नागरिकको उत्साहपूर्ण सहभागिताले पोखरेली समाजको साझा उत्सवको रूप लिएको छ ।

 

प्रतिक्रिया