एनआरएनको सह—कोषाध्यक्षमा स्याङ्जाका मियाको उमेदवारी
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अहिले एनआरएनको निर्वाचन माहोलले तताइरहेको छ । गैर आवासीय नेपाली संघ मार्फत नेतृत्वमा पुग्न नेपाली—नेपाली बिच निर्वाचन माहोलले तताएको हो । कमाउदै गैर आवासीय नेपाली संघ मार्फत सामाजिक काममा उद्धत रहेका नेपाली युवाहरु निर्वाचनको माध्यमबाट नेतृत्वमा पुग्न अहिले मतदाता आफ्नो पक्षमा पार्न तातिरहेका छन् ।
यस्तै माहोलमा तातिरहेका स्याङ्जा वालिङका युवा नासिर मिया गैर आवसीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकालका लागि क्षेत्रिय सह—कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जापानमा रहेका नेपाली हुन् वा नेपालमा कुनै समस्या पर्दा सेवाभावका साथ सहयोगीको रुपमा जुटेका मियाँ लोप्रिय युवाका रुपमा परिचित छन् । हरेक समस्यामा सारथी बन्दै आएका मिया आगामी कार्यकाल (२०२५—२०२७) का लागि क्षेत्रिय सह—कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सन् २०२३–२०२५ को कार्यकालमा जापानको गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए ।
संयोजक पदमा रहँदा मियाले जापानको गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । विशेषगरी, मियाकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको र जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको मियाका समर्थकहरुको भनाई छ ।
मियाले उम्मेदवारी घोषणा गर्दै गैर आवसीय नेपाली संघ (NRNA) लाई अझै पारदर्शी, उत्तरदायी र क्षेत्रिय समिति अनुकुल बनाउने उदेश्य रहेको बताएका छन् । सह–कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर हुने मियाले बताए । जापानको गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले (NRNA) जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा मियाले गरेका छन् । बिदेशी भुमिका रहेर पनि नेपाल र नेपालीको समस्यामा सदैव आवाज उठाउदै आएका मियालाई गैर आवसीय नेपाली संघको नेतृत्वतह सम्म पु¥याउन सबैले सहयोग गर्न स्याङ्जावासीले आग्रह गरेका छन् ।


प्रतिक्रिया