बरिष्ठ नेता कोइराला स्याङ्जा आउने

भीरकोट ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला साउन २० गते स्याङ्जा आउने भएका छन् । संविधान सभा सदस्य तथा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. कमल प्रसाद पंगेनीको सातौं स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा सहभागि हुन डा. कोइराला स्याङ्जा आउन लागेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्य समितिको आयोजना र नेपाली कांग्रेस भीरकोट नगर कार्य समितिको व्यवस्थापनमा हुन लागेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्नेछन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय कार्य समितिका सदस्य, पदाधिकारी, पालिका र वडा समितिका पदाधिकारी सहित जनप्रतिनिधि, शुभेच्छुक, शुभचिन्तक, पत्रकार, कृयाशील सदस्य तथा सम्बन्धित सबैलाई सहभागिताका लागि अनुरोध गरिएको छ । नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्लेले बरिष्ठ नेता आउने कार्यक्रमका लागि सबै तयारी पुरा गरिएको जानकारी दिए ।

प्रतिक्रिया