‘मेलमिलाप आधारभुत तालिम महत्वपुर्ण’

वालिङ ।
मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम वालिङमा सम्पन्न भएको छ । प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्रको आयोजनामा स्थानीय सरकार सवलीकरण अष्टेलियन एडको द एसिया फाउण्डेसनको सहयोगमा संचालित तालिममा वालिङ नगरपालिकाले समन्वय गरेको हो । तालिमको समापन गर्नुहुँदै वालिङ नगरप्रमुख कृष्ण खांणले तालिमले यहाँको न्यायिक क्षेत्रलाई नमुना बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए । मेलमिलाप नितिले दुवै पक्षको जित हुने भएकाले स्थानीय तह तथा वडा वडामै मेलमिलाप नितिले दुवै पक्षको सम्मान हुने नगरप्रमुख खांणको भनाई छ ।

कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले मेलमिलाप कर्ताहरुका लागी समय सापेक्ष तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु गरिरहुनपर्ने भन्दै वडा वडाबाटै विवादको निरुपण गर्न मेलमिलाप कर्ताहरुले भुमिका खेल्दै आएको बताइन् ।

कार्यक्रममा मुस्ताङको घरप झोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्द, वालिङ नगरका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराई, द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियार, प्राकृतिक द्धोन्द्ध रुपान्तरण केन्द्रका संस्थापक सदस्य तथा सहजकर्ता पार्वती विकलगायतले बोलेका थिए । कार्यक्रममा सहभागि मेलमिलाप कर्ताहरुलाई यस तालिमले आँफूलाई थप उर्जा मिलेको बताएका थिए । उनीहरुले समय समयमा यस्ता तालिमहरु आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया