वालिङ महोत्सव विशेष : ‘आर्थिमन्दीलाई चलायमान बनाउने महोत्सव हो’

अनुपमा ढुंगाना तिवारी
बरिष्ठ उपाध्यक्ष
वालिङ उद्योग वाणिज्य संघ
तथा
सह संयोजक
वालिङ महोत्सव मूल आयोजक समिति
स्याङ्जाको वालिङमा आठौं संस्करणको वालिङ महोत्सव यही माघ १८ गतेबाट सुरु हुदैंछ । माघ २८ गते सम्म हुने महोत्सव वालिङ नगरपालिका–८ खेलमैदानमा ‘हाम्रो गौरव, हाम्रो शान ः वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूलनाराका साथ सुरु हुदैंछ । यसै विषयमा आयोजक वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः

महोत्सवको तयारी कहाँ पुग्यो ?

महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । ठ्यक्कै भन्नुपर्दा करीव ६० प्रतिशतको हाराहारीमा तयारी पुरा भएको छ । वाल उद्यान लगायत अधिकांश व्यवसायीक स्टलहरु बुक भै सकेका छन् । विषयगत समिति, उप–समिति निर्माण भइ कामहरु भैरहेका छन् । अहिले हामी महोत्सव भन्दा पहिला गर्नुपर्ने विशेष प्रचार–प्रसार तथा अन्य पुर्व तयारीको रुपमा गर्नुपर्ने सबै कार्यहरु सम्पन्न गरिसकेका छौं ।

स्टल र मुल आयोजक समिति बारे केहि बताइदिनुस् न ? व्यवसायीहरुले स्टल कसरी बुक गर्न सक्छन् ?

मेलाको लागि स्टल बुक गर्न स्टल बुकिङ आवेदन फर्म तयारी अवस्थामा राखिएको छ । यस सम्बन्धमा सहजीकरण गर्न छुट्टै स्टल बुकिङ उपसमितिले कार्य गरिरहेको छ भने सिधै कार्यालयमा सम्पर्क गरेर पनि स्टल बुक गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै स्थानीय उद्यमी तथा व्यावसायीहरुका लागि ३० प्रतिशत छुटमा स्टल बुक गर्न सकिने प्रबन्ध मिलाइएको छ । व्यावसायीहरुले सिधै कार्यालयमा आएर वा उपसमिति संयोजकसँग सम्पर्क गरेर फर्म भरी स्टल बुक गर्न सक्दछन् । टाढाबाट फोन सम्पर्क गरी बैंक खातामा पेश्की रकम पठाएर पनि बुकिङ गर्न सकिन्छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि १५ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका, वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, पूर्व अध्यक्षज्यूहरु, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकारज्यूहरु, महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरु, उद्योग वाणिज्य संघमा आवद्ध साधारण सदस्यज्यूहरु समेत रहेको मूल आयोजक समिति बनेको छ । यसरी बनेको मूल आयोजक समितिको संयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

मेलाको प्रायोजक र सह–प्रायोजकको बारेमा यसपाली कस्तो व्यवस्था गरिएको छ ? कसरी छनौट गर्नुहुन्छ ?

मेलाको मुख्य प्रायोजकको रुपमा गरिमा विकास बैंक रहेको छ भने सहप्रायोजक र अन्य विभिन्न इभेण्ट प्रायोजकको हकमा हामीले सम्भावित प्रायोजक÷सहयोगदाताहरुलाई पत्राचार गर्ने, प्रत्यक्ष गएर नै भेटघाट गर्ने र सरसरल्लाह गर्ने काम भइरहेको छ । यसको अन्तिम टुंगो लागिसकेको अवस्था छैन । तर बाँकी सबै कुरा अबका एक÷दुई दिनमा टुंगो लाग्ने क्रममा रहेका छन् ।

आठौं वालिङ महोत्वसको मुख्य आकर्षण के के बन्न सक्लान् ?

मुख्य गरी कृषि प्रदर्शनीलाइ ब्यापक बनाउने, स्थानीय उत्पादनहरु, स्थानीय हस्तकलाका सामग्रीहरु, स्थानीय कलासंस्कृति जगर्ने गर्ने, नगरस्तरीय रत्यौली प्रतियोगिता, भजन तथा चुड्का प्रतियोगिता, रोइला नाच, घाटु नाच, विद्यालयस्तरीय नृत्य प्रतियोगिता÷स्याङ्रजा डान्स आइडल सिजन ३, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी, अर्गानीक कफि प्रदर्शनी, उन्नत जातका पशुपंक्षी प्रदर्शनी, वाल उद्यान, स्थानीय तथा राष्ट्रि«य कलाकारहरुको प्रस्तुती लगायतका आकर्षण रहने छन् । जिल्लाका स्थानिय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य हो । त्यसै अनुरुप हामीले अहिले ८औं वालिङ महोत्सवमा हाम्रो कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्रि वितरण, राष्ट्रिय तथा स्थानीय प्रवद्र्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण, जडिवुटिको प्रदर्शनी विक्रि तथा जानाकारी, हाम्रो जिल्लामा भएका आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी रहेको छ । त्यस्तै गरी अटो मोवाइल्सको प्रदर्शनी तथा विक्रि वितरण र रमाइलो मेला बालउद्यान लगायत विभिन्न खालका कार्यक्रमहरुलाई आकर्षण बनाउँदै जिल्लामा आर्थिक गतिविधिहरु संचालन गर्नेछौं । अब व्यापार व्यवसाय अलि फराकिलो ढंगले गर्नुपर्छ । परम्परागत व्यवसायबाट अलिमाथि उठ्नु पर्छ भन्ने नै महोत्सवको एजेन्डा रहेको छ ।

महोत्सवबाट के अपेक्षा गर्न सकिन्छ ?

यस महोत्सवबाट स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने तथा यहाँका उद्यमीहरुका स्थानीय उत्पादन विक्री वितरण तथा बजारीकरण गर्ने र आर्थिक मन्दीमा फसेको बजारलाई थोरै भएपनि चलायमान बनाउने कार्य यस महोत्सवबाट हुने अपेक्षा गरिएको छ । साथै महोत्सवले वाह्य तथा आन्तरिक पर्यटकलाई थोरै भएपनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । यो वर्षको मेलाको अपेक्षाका हिसावले २ वटा पाटो हुन्छन् । एउटा पाटो आर्थिक समृद्धिको लागि गरिन्छ र अर्को जिल्लामा हामीले व्यवसाय गरि राखेका छौँ । परम्परागत व्यवसायबाट अलि माथि उठेर आर्थिक रुपमा अलि सक्षम सवल बनेर स्थानिय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ । जिल्लामा आन्तरिक र वाह्य पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ । महोत्सवबाट आर्थिक क्षेत्रमा व्यापार व्यवसाय वढाउने व्यवसायीहरुको स्तर माथि उठ्ने अपेक्षा गर्न सकिन्छ ।

बाल उद्यान रमाइलो मेलाले जिल्लाको पैसा वाहिरिन्छ भन्ने छ जिल्लाको आर्थिक विकास कसरी सम्भव छ ?

वाल उद्यान र रमाइलो मेलामा केही रकम ठेकेदारसँग जाने भएतापनि अहिले नेपाली ठेकेदारहरु नै बढी रहेका छन् । पैसा बाहिरिने कुरा त हाम्रो उत्पादन नभएपछि हामीले भात खाँदा, कपडा लगाउँदा अथवा हरेक क्रियाकलापमा बाहिरै जाने हो । त्यसको लागि हामीले उत्पादनमा जोड दिनु नितान्त जरुरी रहेको छ । यसको लागि राष्ट्रिय नीति पनि सोही अनुकुलको हुनुपर्छ । यहाँका उत्पादनहरुको बजारीकरण, स्थानीय कला संस्कृतिको जगेर्ना हुने तथा स्थानीय रुपमा नयाँ नयाँ प्रतिभाहरु जन्मने अवस्था महोत्सवले जुराइरहेको हुन्छ । त्यस्तै हाम्रा उद्यमीहरुको उत्पादन तथा यहाँका कृषि र अन्य उत्पादनहरुको प्रचारप्रसार तथा बजारीकरण समेत महोत्सवसँगै भइरहेको हुन्छ । झट्ट हेर्दा महोत्सवका कारण रकम बाहिरिएको जस्तो देखिएतापनि यहाँका उद्यमीहरुको उत्पादनले बजार पाइरहेको हुन्छ र यहाँको आर्थिक विकासमा केही न केही योगदान पु¥याइरहेकै हुन्छ । निश्चय पनि बाल उद्यान रमाइलो मेलामा आउनु भएका व्यावसायी साथिहरुले जिल्लाबाट कमाएर लैजानु हुन्छ । यो स्वभाविक प्रक्रिया हो । यो क्षेत्रमा गरिएको खर्च बाहिर जान्छ भन्नु भन्दा पनि यो एउटा व्यवसाय हो यसलाई पनि विस्तार गर्नुपर्छ भन्नेतर्फ लाग्नुपर्छ । जिल्लाको समग्र आर्थिक स्थिती सुधार गर्न बाहिरको मान्छे पनि त यहाँ आएर खर्च गर्छ ति अन्य क्षेत्रमा खर्च हुँदा नदेखिएर गएको हुन्छ । यस्ता महोत्सवमा त्यति ठूलो धनराशी जादैन । जिल्लामा यस्ता कार्यक्रमले फाइदा नै गर्छ ।

अघिल्ला वर्षहरुको महोत्सव भन्दा पृथक केहि छन् ?

त्यस्तो ठूलो भिन्नता त केही पनि छैन तर अघिल्ला वर्षहरुको तुलनामा यो पटक हामीले, कृषि प्रदर्शनी, स्थानीय उत्पादनहरु र स्थानीय कलासंस्कृतिलाई लाई अझ बढी प्रोत्साहन दिने सोंच बनाएका छौं । हाम्रो यो महोत्सव थोरै पृथक हुनेछ । अहिलेको महोत्सवमा हरेक क्षेत्रबाट व्यवसायिक रुपमा गैराखेका छौँ । यसमा कतै राजनैतिक हस्तक्षेप छैन, यो महोत्सव साच्चिकै व्यवसायिक महोत्सव हुनेछ । अहिलेको महोत्सव सबै क्षेत्रबाट पृथक रहेर एउटा व्यवसायिक ढंगबाट सञ्चालन गर्दैछौं ।

वालिङ उद्योग वाणिज्य संघले ७ वटा महोत्सव खेलमैदानमै गरिसकेको छ, तर यस पटक विरोध आयो नि ? तपाइहरुले अन्यत्र महोत्सव गरे हुदैंन, खेलमैदान मै किन ?

वालिङ बजारको मुख्य सेन्टरमा वालिङ खेल मैदान रहेको र विगतका ७ वटा महोत्सव पनि यही मैदानमा सफल भएको हुनाले यस पटक पनि आयोजकले यही मैदान नै छनौट गरेको हो । यद्यपि अरु खेल मैदानमा गर्नै नहुने भन्ने पनि होइन तर पहिले नै अन्यत्र सोच नबनाएको र समय घर्किसकेपछि विकल्प देखाइएको अवस्था थियो । समय निकै छोटो भएकोले यसपटक अन्यत्र सार्न नसकिएको हो । समयमै छलफल भएको भए र सोंच बनाएको अवस्थामा अन्यत्र पनि महोत्सव आयोजना गर्न सकिन्थ्यो ।

महोत्सवमा आयोजकहरुले आफ्नो आफन्तहरुलाई मात्र टिकट र गेटपास दिन्छन् भन्ने आरोप छ यसपालि टिकट र गेट पास कसरी व्यवस्थित गर्नुहुन्छ ?

महोत्सवमा हजुरले भनेजस्तो अवस्था नहोला । जहाँसम्म टिकट र गेटपास दिने आफ्नै विधि र प्रक्रिया हुन्छन् । सोही अनुसार टिकट र गेटपास दिइने गरिन्छ । यसपालि पनि टिकट र गेटपासको गलत प्रयोग हुन दिइने छैन । हाम्रो सल्लाह अनुसार जो कोहि हाम्रा आफन्तहरुलाई टिकट काटेर नै भित्र प्रवेश गराउँछौ । कोहि कोहि साथीहरुले लाइनमा बसेर टिकट काट्नको साटो प्याड नै किनेर लैजानु भएको अवस्था पहिलाको महोत्सवमा भएको हो । भित्र गायव गरेर आफ्ना मान्छेलाई प्रवेश गराउनु भन्ने कुरा चाहिँ होइन । हामी आयोजक हौँ काममा खट्नु पर्ने हुन्छ खट्नु पर्ने मान्छे लाइनमा बसेर टिकट काट्नु भन्दा हामी आन्तरिक रुपमा प्याडको रकम तिरेर यो भन्दाअगाडी पनि आफ्ना मान्छेलाई प्रवेश गराएको हो । महोत्सवमा खटेर काम गर्नुपर्ने मान्छेले प्याड खरिद गरि आफन्त लाई दिन सक्छन् । यसपालि हाम्रो आफन्त नातोगोता राजनिक दल भनेर टिकट दिने गेटपास उपलब्ध गराउने नीति हाम्रो छैन । यसपालि कुनै किसिमका टिकट गेटपासको दुरुपयोग हुँदैन ।

अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

प्रथमतः मलाई हजुरको यस मिडियाबाट आफ्ना कुराहरु राख्ने अवसर प्रदान गर्नुभयो । त्यसका लागि पब्लिक आवाज र हजुरप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । साथै ८औं वालिङ महोत्सव तपाई हाम्रो साझा महोत्सव हो । यस महोत्सवले स्थानीय कलासंस्कृतिको जगेर्ना गर्दै यहाँका उत्पादनहरुलाई अन्य जिल्लामा पु¥याउन सहयोग गर्नेछ । यस महोत्सवमा राष्ट्रि«य तथा स्थानीय कलाहरुहरुको बेजोड प्रस्तुती रहनेछ । यही माघ १८ देखि २८ सम्म वालिङ खेल मैदानमा आयोजना गरिएको यस महोत्सवमा सम्पूर्ण वालिङबासी, स्याङ्जा जिल्लाबासी, छिमेकी जिल्लाका बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णलाई प्रत्येक दिन उपस्थित भई महोत्सव अवलोकन गरिदिनुहुन हार्दिक अनुरोध गर्दै सबै सहभागी भइदिनुहुन चुल्हे निम्तो टक्राउँछु । हामी लामो समयको अन्तरालमा ८औं वालिङ महोत्सव गर्न गइरहेका छौँ । माघ १८ गते हाम्रो महोत्सव उद्घाटन हुन्छ । जिल्लामा क्रियाशिल व्यवसायी साथीहरु, जिल्लामा क्रियाशिल राजनितिक दलहरुलाई महोत्सव सम्पन्न गर्नलाई सहयोग गर्न आग्रह गर्दछु । जिल्लाबासी आमा बुवा दाजुभाइ दिदी वहिनीहरुलाई आफ्ना उत्पादनहरु फलफुल, तरकारी, मौरी तथा अरु घरेलु हस्तकलाका सामानहरु आफुसँग छन् भने पनि उद्योग वाणिज्य संघको कार्यलयमा आएर सम्पर्क गरेर महोत्सवमा प्रदर्शन गर्नको लागि सहयोग गरिदिनुहुन आम उत्पादक व्यवसायीहरुलाई म अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया