रेडक्रस स्याङ्जा शाखाको साधारण सभा सम्पन्न

पब्लिक आवाज,
स्याङ्जा ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको ३८ औं जिल्ला साधारण सभा स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका ३ स्थित वाडखोला उपशाखाको आतिथ्यतामा जिल्लासभा गरिएको हो । सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले मानवीय सेवामा समर्पित रेडक्रसले बिगतदेखि आजसम्म स्वयंसेवी भूमिकामा समाज सेवामा सहयोग गर्दै आएको बताए । रेडक्रसका ७ सिद्धान्त अवलम्बन गर्दै समाजसेवामा समर्पित रहन पनि उनले सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले अहिलेको परिप्रेक्षमा जिल्लालाई समुदायको आवश्यकता, माग र नेपाल रेडक्रसको विधान अनुसार कसरी काम गर्ने भन्नेतर्फ आगामी दिनमा सबै पक्षले जोड दिन आवश्यक रहेको बताए । रेडक्रस कुनै निश्चित जातजाति भाषाभाषि दलको नभई सम्पुर्ण समुदायको हो, त्यसैले उपशाखा र जिल्ला शाखाले समुदायको आवश्यकता अनुसार काम गर्दै आएको प्रजिअ घिमिरेको भनाई छ ।
कार्यक्रममा बोल्दै रेडक्रसका पूर्व जिल्ला सभापति भूवनबहादुर पौडेल, नेपाली काँग्रेसका सचिव धुवबन्धु पौडेल, रेडक्रसका केन्द्रिय सदस्य हिरादेवी शर्मा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, स्याङ्जाबजार उपशाखाका सभापति बन्दना लम्साल, ओरष्टे उपशाखा सभापति डिआर पोखरेल, वाडखोला उपशाखा सदस्य दिर्घनारायण शर्मा लगायतले रेडक्रस र सेवाका बारेमा जोड दिएका थिए । सभाले सभापति दिनेश अर्याल, मन्त्री रामचन्द्र अर्याल, उपकोषाध्यक्ष अर्जुनकुमार पौडेलका प्रतिवेदनलाई छलफलसहित पारित गरेको छ ।
यसैगरी, सभाले स्याङ्जा रेडक्रसका संस्थापक सभापति रामबन्धु रेग्मी र ओरष्टे उपशाखाका भुवनेश्वर वाग्लेको निधनप्रति शोकप्रस्ताव समेत पास गरेको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले रक्तदानको महत्वको वारेमा चर्चा गरेका थिए । रगत अभावको कारण अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान कार्यक्रमलाई जोड दिनु पर्ने उनिहरुको भनाई थियो । रेडक्रस जिल्ला शाखाको पहलमा सदरमुकाममा ब्लड बैंक समेत स्थापना गरिएको छ ।
रगत वनाउन नमिल्ने वस्तु भएको हुँदा रगत अभावले अकालमा ज्यान गुमाउने अवस्था आउन नदिन रगत अत्यावस्यक हुने जिल्ला सभापति दिनेश अर्यालले वताए । यस सभामा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, जिल्ला स्वास्थ्य, विभन्नि संघ सस्था, राजनितिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस केन्द्रीय कार्यलयका प्रतिनिधि, जिल्ला शाखा, उपशाखाका प्रतिनिधि, सभासद, कर्मचारी र स्वयंमसेवकहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया