बैशाखको पहिलो हप्ता कित्ताकाट शुरु हुन्छ ः मेयर खाँण

वालिङ ।
लामोसमय देखी जग्गाको कित्ताकाट रोकिएपछि अंशबण्डा देखी जग्गा विक्रिवितरणमा समस्या भइरहेको छ । कित्ताकाट रोकिएपछि जग्गाको कारोवार समेत हुन सकेको छैन । जग्गाको बर्गिकरण गर्न नेपाल सरकार भुमिसुधार मन्त्रालयले स्थानीय पालिकालाई अधिकार दिएको थियो । जग्गाको बर्गिकरणमा समस्या देखिएको भन्दै स्थानीय पालिकाले लामो समयदेखी कित्ताकाट खुलाउन नसक्दा नागरिक मर्कामा परिरहेका छन् । बैशाखको पहिलो हप्ताबाट कित्ताकाट खुल्ने गरी वालिङ नगरपालिका अगाडी बढेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए । युएनडिपीको प्राविधिक सहयोग र वालिङ नगरपालिकाको आयोजनामा दुईदिन सम्म भएको वालिङ नगरपालिकाको एकिकृत र समावेसी जोखिम संवेदनशिल भु—उपयोग योजना, योजना नियमावली तथा भवन मापदण्ड तथा कार्यन्वयन योजना तर्जुमा गोष्ठिको समापन कार्यक्रममा नगर प्रमुख खाँणले कित्ताकाट खुलाउन नसक्दा नागरिकमा ठुलो समस्या भएको बताएका हुन् । हामी कित्ताकाट खुलाउन तिब्ररुपले लागिपरेका छौं उनले भने,‘बैशाखको पहिलो साताबाट कित्ताकाटको काम सुरु हुन्छ ।’ केही प्राविधिक समस्या छन्, त्यसको समाधान हुने वित्तिकै कित्ताकाट प्रक्रिया शुरु हुन्छ उनले भने ।

जनप्रतिनिधिहरु बोल्ने समय होइन, काम गर्ने समय भएको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताएका छन् । वालिङ नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू—उपयोग योजना नियमावली तथा भवन मापदण्ड कार्यान्वयन एवम् योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठिले नगरलाई अगाडी बढाउन महत्वपुर्ण हुने बताए । जनप्रतिनिधिहरु बोल्ने समय होइन उनले भने,‘काम गर्ने समयमा जनप्रतिनिधिहरु बोल्दै हिड्नु राम्रो पक्ष होइन ।’ ५ बर्षमा वालिङ नगरपालिका भित्र देख्नेगरी काम गर्ने छौं उनले भने ।

नीतिगत कुरा र कार्यान्वयन पक्षदुबै महत्वपूर्ण रहन्छ भन्दै खाँणले नीतिगत कुराले कतिपय काम गर्न समस्या पारेको बताए । सबै मिलेर वालिङको विकास गर्नुको विकल्प नभएको भन्दै खाँणले आँफूले अरुलाई पछाडी राखेर होइन, अगाडी लगाएर काम गर्ने उनले बताए । सबैसँग सल्लाह बमोजिम आफु अगाडी बढ्ने प्रतिवद्धता राख्दै सबैले साथ र सहयोग गर्न आग्रह गरे । कृषि उत्पादनमा जोड दिनुपर्ने सहभागीहरुको सुझाव सराह्रनीय भएको उल्लेख गर्दै नगर प्रमुख खाँडले आगामी दिनमा उत्पादनका आधारमा अनुदान प्रदान गरिने समेत बताए ।

समापन कार्यक्रममा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर सचिव यामकान्त खनाल, नेकपा माओवादीका कल्पना न्यौपाने, राष्ट्रिय स्वतन्त्र पाटीका मेघ आले, नेकपा एकिकृत समाजवादीका जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पाटीका सागर गैह्रे, युएनडिपीका प्रतिनिधि बर्षा चित्राकार, डिभिजन सिंचाई स्याङ्जाका प्रमुख हरीदत्त पौडेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले नीतिगत समस्याले नागरिकले धेरै समस्या भोग्नुपरेको पिडाका बारेमा चर्चा गरेका थिए ।

कार्यशाला गोष्ठीमा जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कृषि क्षेत्र र आवासीय जग्गाको मूल्याङ्नमा समानता हुन नसक्दा नागरिकहरु समस्यामा परेको धारणा सहभागीहरुले छलफलमा राखेका थिए । नगर प्रमुख खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी माधव न्यौपानेले गरेका थिए ।

 

प्रतिक्रिया