कुटपिटमा प्रहरी घाइते, ३ जना पक्राउ

स्याङ्जा ।
स्याङ्जाको वालिङ १३ थुमपोखरा प्रहरी चौकीमा कार्यरत प्रहरी इन्चार्ज सहित प्रहरी टोलीमाथी कुटपिट गर्ने तीनजना पक्राउ परेका छन् । रातको समयमा मादक पदार्थ सेवन गरी साथी—साथी बिच झगडा भएको खबर पाएपछि घट्नास्थल पुगेको प्रहरी टोलीमाथी कुटपिट भएको थियो । कुटपिटबाट थुमपोखरा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंह गम्भीर घाइते भएका छन् ।

कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ १२ का २८ बर्षिय रबिन गुरुङ्, सोही ठाउँका २५ बर्षिय काजी गुरुङ् र सोही ठाउँका २४ बर्षिय सुदिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
थुमपोखरा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सिंहको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरी प्रबक्ता डिएसपी रानाले बताए । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । पक्राउ परेका तीनजनालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय वालिङमा नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया