गणतन्त्र दिवसमा चित्रकला प्रतियोगिता
वालिङ ।
भेषजराज साहित्य प्रतिष्ठानको आयोजना र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा गणतन्त्र दिवस २०८२ को अवसरमा वालिङ नगरपालिकाव्यापी विद्यालयस्तरीय कवितावाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमकी वालिङ नगरपालिकाकका उपप्रमुख कविता तिवारी गैह्रेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन सगै समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् । साहित्यले मानिसलाई अनुसाशित र समाज सुधारमा सकरात्मक भुमिका खेल्ने तिवारीको भनाई थियो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, पूर्व जनप्रतिनिधि तथा कवि ध्रुवप्रसाद शर्मा पंगेनी, नेपाली लेखक संघ केन्द्रीय समिति सचिव मिलन समीर, प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, श्रवण कुमार प्रतिष्ठानका अध्यक्ष सीताराम अधिकारी, वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल, वालिङ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख उमादेवी डुम्रे, कविहहरु कमल बगाले, लेखनाथ काफ्ले, पारीश्वर न्यौपाने, नारायणप्रसाद रेग्मी, शम्भु अर्याल, सुरेश पंगेनी, कवयित्रीहरु भोजकुमारी पाण्डे, विष्णु पंगेनी पाण्डे लगायतले आआफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा अप्रतियोगी छात्रछात्राहरूले पनि कविता वाचन गरेका थिए । कवितावाचनतर्फ जनसेवा माविकी आशिका कनौजे, पायनिअज एकेडेमीकी जीविका गैह्रे, राष्ट्रिय मावि आँपडालीकी निशा चौबे, पिस जोन एकेडेमीकी मुना रसाइली र जीवन ज्योति अंग्रेजी माविकी दीपिका बरालले क्रमशः प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना स्थान प्राप्त गरेका थिए । यसैगरी चित्रकलातर्फ साइन भिलेज माविकी सोफिया खड्का, पूर्णामृत भवानी माविका सन्तोष पंगेनी, पिस जोन एकेडेमीका सुमिन श्रेष्ठ, भूपू सैनिक माविका आयुष थापा र जनसेवा माविकी रोशनी डुम्रेले क्रमशः प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार राशि दुवेै प्रतियोगिताको ४ हजार, २५ सय, १५ सय र ५ सय रहेको थियो ।
कार्यक्रमा निर्णायकको भूमिका कवितावाचनतर्फ ध्रुवराज उपाध्याय बोधराज न्यौपाने र वसन्त खनालले गरेका थिए भने चित्रकलातर्फ विष्णुप्रसाद अर्याल, देशबन्धु आचार्य र प्रेमप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए भने स्वागत मन्तव्य उमादेवी डुम्रेले गरेकी थिइन् ।


प्रतिक्रिया