सांस्कृतिक महासंघ पर्वतको अधिवेसन सम्पन्न

पर्वत ।
नेपाल साँस्कृतिक महासंघ जिल्ला कार्य समिति पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा सांस्कृतिक महासंघको तेस्रो अधिवेसन सम्पन्न भएको हो । अधिवेसनको उदघाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कला र संस्कृति जोगाउन नेपाल सांस्कृतिक महासंघले ठुलो भुमिका खेल्दै आएको बताए । पर्वत जिल्ला लोकसंस्कृतिको धनी जिल्ला भएको बताउदै काँग्रेसका केन्द्रीय सदस्य जोशीले नेपाल र नेपालीको परम्परालाई जोगाइ राख्न सबैले साथ दिनुपर्ने बताए ।

केन्द्रीय सदस्य जोशीले देशको हरेक परिवर्तनमा काँग्रेसको नेतृत्वमा भएको बताउदै जनताले आफै मालिक बन्ने व्यवस्था अनुसार जारी गरेको संविधान बचाउन आवश्यक रहेको बताए । नेपालका सबै राजनीतिकदललाई संसदीय व्यवस्थामा ल्याउन काँग्रेसको खेलेको भुमिका बिर्सन नहुने जोशीले बताए ।

कार्यक्रममा नेपाल साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष आदरणीय तीर्थ बहादुर थापाले लोकतन्त्रलाई बलियो बनाउन सांस्कृतिक महासंघ अपरिहार्य जस्तै भएको बताए । लुकेका र लुकाइएका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई संरक्षण गर्दै संस्थामा आवद्धता प्रदान गराउन नयाँ कार्यसमिति लाग्नेमा आफु विश्वस्त रहेको थापाको भनाई थियो । नेपाल सांस्कृतिक महासंघ पर्वतका अध्यक्ष हरिनारायण उपाध्यायको सभापतित्वमा उद्घाटनसत्र सम्पन्न भएको बरिष्ठ कलाकार बिमलराज क्षेत्रीले जानकारी दिए ।

सांस्कृतिक महासंघ पर्वतको तेस्रो अधिवेसनले शिव पुरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युवनाथ गौडेल रेग्मी, उपाध्यक्षमा गौरी शर्मा सापकोटा, सचिवमा रामचन्द्र पुरी, सह–सचिवमा नविना शर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा रिमाल, खेमु न्यौपाने, तेजु सुनुवार, दुर्गा पौडेल, प्रदिप रेग्मी, राम वहादुर क्षेत्री, कमल उचार्य ठकुरी, मुना लामिछाने केसी, सावित्री शर्मा सानु र राजकुमार हिताङ चयन भएको बरिष्ठ कलाकार क्षेत्रीले बताए ।

यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा हरिनारायण उपाध्याय, पुजा शर्मा कार्कि, सरस्वती शर्मा जिज्ञासु, युवराज भुसाल र हरि वहादुर सुवेदी चयन भएका छन् भने प्रदेश प्रतिनिधिहरुमा निर्मला कुमारी शर्मा र रामप्रसाद सापकोटा चयन भएका छन् ।

 

प्रतिक्रिया