प्याब्सन स्याङ्जाद्वारा शिक्षक तालिम सम्पन्न

भीरकोट ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) स्याङ्जाले सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको लागि १ दिने शिक्षक तालिम सम्पन्न गरेको छ । गिनिज प्रकाशनको प्राविधिक सहयोगमा आयोजित शनिबार भएको उक्त सामाजिक शिक्षण तथा पाठ्यक्रम सम्वन्धि तालिममा प्याब्सन स्याङ्जामा आवद्ध ५४ विद्यालयका १ सय ३० शिक्षकहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा विषयविज्ञ दिनेश अर्याल र नारायण आचार्यले कार्यशालाको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्यब्सन स्याङ्जाका सचिव तथा हिमालयन अंग्रेजी आवासीय माविका प्रिन्सिपल हरीप्रसाद अर्यालका अनुसार प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा प्याब्सनका केन्द्रिय सदस्य होमकान्त गौतम, सल्लाहकार भरत लम्साल र बरिष्ठ उपाध्यक्ष यामप्रसाद डुम्रेले तालिमको उपयोगिता र प्रयोगका विषयमा बोलेका थिए ।

प्रतिक्रिया