स्याङ्जाका दिदी–भाइलाई मलेसियामा तेक्वान्दो पदक

स्याङ्जा ।
स्याङ्जा भीरकोट नगरपालिका–वडा नं.७ का बासिन्दा दिदी रिया अर्याल र भाइ रायन अर्यालले मलेसियामा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल भएका छन् । अगस्ट ७ देखि १० सम्म मलेसियामा सम्पन्न सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा रायनले स्वर्ण पदक र रियाले रजत पदक प्राप्त गर्न सफल बनेका हुन् ।

नेपालका खेलाडीले उक्त प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कास्यसहित ७ पदक जितेका छन् । इन्डिभिजुअल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण जिते भने फेमिली पुम्सेमा स्वमिक महतरा र विष्णु महतराले स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै इन्डिभिजुअल पुम्सेमा स्वमिक महतरा र रिया अर्यालले रजत जिते । भर्चुअल तेक्वान्दोमा सुप्रेम गुरुङले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ३० देशका ३५२ टोलीका २१ हजार ८ सय ४५ खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया