स्याङ्जामा कुटपिटबाट युवाको ज्यान गयो

स्याङ्जा ।
स्याङ्जाको वालिङ ५ बाहुनडाँडामा युवाहरु विच झगडा हुँदा एकजनाको ज्यान गएको छ । वालिङ ५ बाहुनडाँडा बस्ने ३२ बर्षिय ढालबहादुर थापाको कुटपिटबाट मृत्यू भएको हो । शनिवार राती युवाहरु विच भएको झगडाले उग्ररुप लिएपछि कुटपिट हुँदा थापा गम्भीर घाइते भएका थिए । कुटपिट बनाई एकजना घाइते बनाएको खबर पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले थापाको उद्धार गरी गह्रौ प्रथामिक अस्पताल वालिङमा उपचारका लागि पठाएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पु¥याउदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।

घट्नामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सूचना अधिकारी चौधरीका अनुसार हरिनास गाउँपालिका ५ बस्ने बर्ष २२ का सिजन थापा र चापाकोट नगरपालिका ५ कान्ती बस्ने बर्ष २४ का अनिल शाहीलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएर कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ । घट्नामा अन्य पनि संलग्न रहेकोले खोजीकार्य भइरहेको प्रहरीको भनाई छ । भलिबल प्रतियोगितामा सहभागी हुन आएका युवाहरु बिच मदिरा सेवन पछि झगडा भएको बताइएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया