अदालतको फैसला कार्यन्वयनमा अब्बल स्याङ्जा प्रहरी
स्याङ्जा ।
मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी नेपाल प्रहरीको छ । नेपालको संविधानले अपराध नियन्त्रण र कानुनको पालना गराउने अधिकार प्रहरीलाई दिएको छ । प्रहरी कमजोर भयो भने आन्तरिक सुरक्षा कमजोर मात्रै नभएर अपराधिक क्रियाकलापहरुले प्रशय पाउछन् । त्यसैले प्रहरीलाई बलियो बनाउन नागरिकको पनि साथ आवश्यकता पर्छ । नागरिककै साथ र सहयोगले स्याङ्जामा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सजिलो भएको तथ्याङकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुख जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक दधिराम न्यौपानेले ६ महिनामा धमाधम फरार अभियुक्त पक्राउ गरेर अदालतको फैसलालाई कार्यन्वयमा अब्बल सावित भएका छन् । उनी जिल्लामा हाजिरी भएदेखी दैनिक उनको निशाना अदालतले कसुर ठहर गरेका फरार अभियुक्तमाथी देखिएको छ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत ग्रामिण गस्ती खटाई नागरिकलाई अपराधिक क्रियाकलापको सचेतना अभियानले फरार अभियुक्त देखी समाजमा घटेका अपराधिक गतिविधि नियन्त्रणमा सहज भएको प्रहरी प्रमुख न्यौपानेको भनाई छ । उनको मातहतमा रहेको सुरक्षा कमाण्डले जेठ मनिादेखी कात्र्तिक सम्म १ सय २८ जना फरार कसुरदार पक्राउ गरेको छ ।
विभिन्न मुद्धामा अदालतले दोशी ठहर गरी कैद र जरिवाना भुक्तान गर्नुपर्ने अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेपछि स्याङ्जा प्रहरीले जिल्लावासीको स्यावासी पनि पाएको छ । कानुन र व्यवस्थाको पालना गर्नुपर्ने प्रहरीले नागरिकको सुरक्षामा चासो दिएको यो अभियानले पाएको स्थानीय नेत्रप्रसाद पाण्डेले बताए । कुनै समयमा हत्या, चोरी, डकैती गरी अदालतले दोशी ठहरगर्दा पनि कानुनी दायरमा नआएका फरार व्यक्तिहरुको खोजी गरी पक्राउ गर्नुले जिल्लामा दण्डहिनता अन्त्य गर्नमा प्रहरी क्रियाशिल छ भन्ने हाम्रो बुझाई रहेको पाण्डेले बताए ।
प्रहरीले फरार अभियुक्त पक्राउ देखी अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् रोक्ने, अबैध गाँजाका बोट फडानी गर्ने, समाजमा अपारधिक क्रियाकलापमा संलग्नलाई तुरुन्तै पक्राउगरी कानुनी दायरामा ल्याउने काम अगाडी बढाइरहेको प्रहरी प्रमुख न्यौपानेले बताए । बिशेषगरी समाजमा कानुनको उल्लघन गर्ने फरार अभियुक्तलाई पक्राउ गर्ने हाम्रो पहिलो प्रथामिकता रहेको छ प्रहरी प्रमुख न्यौपानेले भने,‘कानुनलाई हातमा लिनेहरु अहिले नागरिककै सहयोगमा धमाधम पक्राउ परेका छन् ।’ समाजमा दण्डहिनताको अन्त्य गर्न नागरिक र प्रहरी साझेदारी नै उत्तम कार्य हो उनले भने ।
जिल्ला अदालत स्याङ्जामा विभिन्न मुद्धामा कसुरदार ठहरिएका झण्डै ७ सयको हाराहारीमा फरार अभियुक्त रहेको उनले बताए । अहिले सम्म पुरुष ९६ र महिला ३२ गरी १ सय २८ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको उनले बताए । उनीहरुबाट २ करोड २४ लाख ३ हजार ८ सय ९२ जरिवाना र ११ बर्ष ९ महिना ९ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको छ । फरार अभियुक्त २०३५ सालदेखी २०७९ सम्मका रहेका छन् । अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउदा अन्यायमा परेकोले लामो समयपछि भएपनि न्याय पाएको अनुभुत भएको र अपारध गर्दा जुनसुकै बेला कानुनी दायरामा जानुपर्ने रहेछ भन्ने सन्देश दिएको न्यौपानेले बताए ।


प्रतिक्रिया