स्याङ्जामा गोर्खालीको पहिचान झल्कने स्मारक निर्माण

हिमाल न्यौपाने,
गल्याङ् ।
नेपालमा पर्यटन प्रवद्र्धनका लागि भन्दै बिभिन्न स्थानीय तहमा सरकारले पार्क एवं भ्यू टावरहरु धमाधम निमार्ण गरिरहेको छ । तर स्याङजाको फेदिखोला १ साल्मेडाँडामा भने पर्यटक प्रवद्र्धनको फरक उदेश्य अनुुरुप गोर्खा सैनिकमा भर्र्ति भएका नेपालीहरु लडाईमा साहदत प्राप्त गरेको सम्झनामा गोर्खा स्मारक पार्क निमार्ण गरिएको छ ।

स्याङजाको फेदिखोला १ सालमेडाँडामा पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले फरक कामको थालनी गरिएको छ । झट्ट हेर्दा पर्यटन प्रवद्र्धनका लागि बनाइएको जस्तो देखिएपनि यो ठाउँ गोर्खा सैनिकमा भर्ति भएका नेपालीहरुले लडाईमा साहदत प्राप्त गरेकाहरुको सम्झना स्वरुप गोर्खा स्मारक पार्क निर्माण गरिएको चन्द्र बहादुर गुरुङ्ले बताए ।

करीब ५२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क संघिय सरकारको ७ करोड र प्रदेश सरकारको ६० लाख तथा सहयोगी सस्थाको सहयोग गरी २५ करोडको लागतमा सो स्मारक निर्माण गरिएको हो । गोर्खा स्मारक पार्क निर्माण गर्नुुको उदेश्य अन्य पार्कको भन्दा फरक रहेको छ । भारतमा ब्रिटिस सरकारले शासन गरीरहेको अबस्थामा नेपाली गोर्खाली सेनाले लडाईमा साहदत प्राप्त गरेको संझनामा उक्त पार्कमा समेटिएको छ । स्मारकको घेरावारको काम सकिएपछी गोर्खालीको पहिचान झल्कने बिषाल मुर्ति समेत सबैले अवलोकन गर्न मिल्नेगरी राखिने बरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङ्ले बताए ।

उक्त ठाउँवाट उत्तरमा बिभिन्न हिमदृश्य अवलोकन गर्न पाईने भएकाले साल्मेडाँडा घुम्न आउने पर्यटकको संख्या बढ्ने बताइएको छ । यस ठाउँको संरक्षणका लागी स्थानीयले गरेको प्रयासले मात्र सम्भब नहुने हुदाँ राज्यले संरक्षण गर्न सके यो स्मारक बिगतको स्मरण मात्र होईन अहिलेको प्रेरणा र भविश्यको दिशानिर्देश पनि बन्न सक्ने देखिन्छ । पोखराबाट स्याङ्जा आउने पर्यटक प्रवेशद्धारमै यो रमणीय दृष्य अवलोकन गर्न पाउने छन् ।

प्रतिक्रिया