समाचारको प्रभाव ः मोटेरेबल पुलमा लगाइएको बाँध खोलियो

स्याङ्जा ।
स्याङ्जाको वालिङ ११ मा निर्माणधिन मोटरेबल पुलमा लगाइएको बाध खोलिएको छ । स्थानीय र मिडियाको चर्को दबावपछि मोटरेबल पुल निर्माण गर्दा लगाइएको बाँध खोलिएको हो । वालिङ र भीरकोट जोड्ने आँधीखोलामा निर्माण हुन लागेको पुलको बाँधका कारण आँधीखोलामा आउने बाढीले डौवा फाट डुवानमा पर्ने समस्या थियो ।
पब्लिक आवाजले यो समस्या उठाएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेल सहितको टोलीले अनुगमन गरेको थियो । साथै सडक डिभिजन कार्यालय पोखराले समेत यस सम्वन्धमा ध्यानाकर्षण गरेको थियो । दुबै निकायको निमार्ण कम्पनीका ठेकेदारलाई निर्देशन दिए लगत्तै पुलमा लगाईएको बाँध खोलिएको छ । जसले गर्दा आँधीखोलामा आउने बाढीले कटान र खेतीयोग्य जमिन सहित बस्तीलाई राहत मिलेको स्थानीय रेशम पंगेनीले बताए । हामीले पटक—पटक सम्वन्धित निकायमा अनुरोध गरेका थियौ पंगेनीले भने,‘मिडियाको सहयोगले हामीलाई केही राहत मिलेको छ ।’ सबै जोखिम हट्यो भनेर ढुक्क त भएका छैनौ तर पनि पुलमा लगाइएको बाँध खोलिएपछि केही समस्या हल भएको महशुष गरेका छौं उनले भने ।
पुल निर्माण गर्दा लगाएको बाँध समयमै नखोलिदिने हो भने आँधीखोलामा आएको बाढीले वालिङ ११ डौवा फाटको सिङ्गो बस्ती र खेतीयोग्य जमिनमा क्षती पुग्ने अनुमान गरिएको खबर प्रकाशित गरिएको थियो । खबर बाहिर आएपछि प्रमुख जिल्ला अधिकारी र सडक विभागले चासो दिएको हो ।
झण्डै १२ करोड ५४ लाखको लागतमा निर्माण हुन लागेको पुल ठेकेदारले विभिन्न समस्या देखाएर ५ बर्षदेखी अलपत्ररुपमा रहेको छ । पुलको ४० प्रतिशत काम सम्पन्न भएपनि अझै ६० प्रतिशत काम बाँकी छ । बस्तीतिरको क्षेत्रमा आँधीखोलामा पुल निर्माण गर्दा लगाईको बाँधलाई समयमै सम्वन्धित निकायले चासो दिएकाले आँधीखोलाले स्वरुप फेर्न सक्ने सम्भावना टरेको देखिन्छ ।
प्रतिक्रिया