भीरकोट नगर अस्पतालमा अब प्रत्येक महिना स्त्रीरोग विशेषज्ञ सेवा
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाले नगर अस्पतालमार्फत गर्भवती महिला तथा स्त्रीरोगसम्बन्धी समस्या भएका सेवाग्राहीलाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । भीरकोट नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले भीरकोट नगर अस्पताल, हेलुमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको हो । नगरपालिकाका अनुसार प्रत्येक महिनाको दोस्रो शनिबार विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिनेछ ।
सेवाअन्तर्गत स्त्रीरोग तथा प्रसूतिसम्बन्धी समस्या भएका महिलाले विशेषज्ञ चिकित्सक डा. बिनिता शर्माबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन सक्नेछन् । सेवा बिहान १० बजेदेखि सुरु हुनेछ । नगरपालिकाले गर्भवती महिला तथा स्त्रीरोगसम्बन्धी समस्या भएका सेवाग्राहीलाई नगर अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुने भएकाले यस अवसरको लाभ लिन आग्रह गरेको छ । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस व्यवस्थाले महिला स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट स्त्रीरोग तथा प्रसूतिसम्बन्धी समस्या लिएर टाढाका अस्पताल धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया