नयाँबर्षको शुभकामना आदान प्रदान

दिपक बि.क.,
स्याङ्जा ।
दलित उत्थान केन्द्र अर्जुनचौपारी गाउँपालिकाद्वरा नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान, चियापान, क्यालेन्डर विमोचन तथा स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारी इकाईद्वरा दलित उत्थान केन्द्रलाई सहयोग रकम हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले धेरै राम्रो काम गर्दै आएको तथा कामको उच्च मुल्यांकन गर्दै यसलाई गाउँपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले दलित उत्थान केन्द्रले गरेको कामको तारिफ गर्दै आफुले प्रशासनबाट हुनुपर्ने सहयोग हुने बताए । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले पनि दलित उत्थान केन्द्र स्थापनाको छोटो समयमै धेरै राम्रो काम गर्दै आएको हुदा हामीले यश संस्थालाई देश तथा बिदेश बाट गर्नुपर्ने सबै सहयोग बताउदै स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारी इकाईद्वरा १ लाख १ हजार सहयोग रकम हस्तान्तरण पनि गरे ।

कार्यक्रमका अर्जुनचौपारी गाउँपालिका वडा न.१ का वडा अध्यक्ष रणबहादुर थापा, वडा न.२ का कार्यबाहक अध्यक्ष रामचन्द्र रोका, कार्यपालिका सदस्य मिना सुनार, कार्यपालिका सदस्य, रामु जि.टी. दलित महिला सदस्य सुसिला वि.क., दलित महिला सदस्य शर्मिला नेपाली, स्याङ्जा सहयोग समाज कतारका आजिवन सल्लाहकार हरि अर्याल, वडा न.३ का नेपाली काँग्रेस पाटी सभापति हरि काफ्ले, वडा न.४ का वडा सदस्य नेत्र बहादुर गुरुङ, नेपाली काँग्रेस गाउँपालिका सचिव केशव चापागाईं, वडा न.४ कि सुकमाया सुनार, पम्फा वि.क तथा युवा व्यावसायी बेलप्रसाद पौडेलले शुभकामना व्यक्त गरेका थिए । दलित उत्थान केन्द्र अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दिपक बि.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य अर्जुन सुनारले राखेका थिए भने सञ्चालन सचिव कुमार सुनारले गरेका थिए ।

प्रतिक्रिया