शिक्षा विकासको पहिलो आधार ः मेयर भट्टराई

गल्याङ् ।
स्याङ्जाको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले शिक्षा विकासको पहिलो आधार भएको बताएका छन् । गल्याङ नगरपालिका ९ स्थित जानकी माध्यमिक विद्यालयको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै शिक्षा मानिसको पहिलो असल र सबल सामाजिक अगुवा बन्ने आधार भएको बताएका हुन् । विद्यालयले गुणस्तरीय शिक्षा प्रदानमा जोड दिदै योग्य असल र सबल सक्षम समाज निर्माणमा अगुवाइको काम गर्दै आएको बताउदै मेयर भट्टराईले यो भुमिका निर्वाह गर्नुहुने शिक्षक, शिक्षिका प्रति खुलेर प्रशंसा गरे ।

शिक्षा समाज विकासको मुख्य आधार मानिएको छ उनले भने,‘शिक्षाको बिकासमा हामी सबैको ध्यान जानु पर्छ ।’ सबैको साझा र संयुकत प्रयासबाट योग्य र सक्षम नागरिक उत्पादन गर्ने थलोको विकासमा सबैले चासो दिनु आवश्यक छ उनले भने । हामीले यहाँको आवश्यकता र स्रोतलाइ ख्याल गरेर बिकासका सबै पक्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिंचाइ, बाटो—घाटो पुर्वाधारमा प्राथामिकतामा राखेर खाका तयार गरेको भट्टराईले बताए । यहाँका नागरिकलाई शैक्षिक गतिविधिको गोरेमा हिडाउन सफल भएको जानकी माविको उच्च प्रशंसा गर्दै अझै आफुले उत्पादन गरेको विद्यार्थीमा कुनै खोट नहुनेगरी अगाडी बढ्न उनले आग्रह गरे ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्य, गल्याङ् नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नामदेब खनाल, पुर्व वडा अध्यक्ष हरिलाल खनाल, गल्याङ् नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुक्ति प्रसाद खनाल, पुर्व वडा अध्यक्ष धुर्व शर्मा पंगेनी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नेत्रलाल अर्याल, भानु मावि चौधेराका प्रअ लिलाबल्लौ अर्याल, गल्याङ् सञ्चार प्रा.लि.का अध्यक्ष सुर्य प्रसाद चापागाईं ,विद्यार्थीहरू आयुसा भण्डारी, कविता खनाल, निशान विक, अनिसा थापा लगायतले विद्यालयको बार्षिकोत्सवमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लेखनाथ चापागाईंले शैक्षिक, भौतिक तथा २ करोड ४२ लाख ७० हजार १ सय ६३ रूपैयाँ बराबरको आयव्यार्य प्रस्तुत गरेका थिए । विद्यालयमा अक्षकोष स्थापना गर्ने र सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक यामनाथ चापागाईंले र कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ऋषिराम भण्डारी गरेका थिए ।

प्रतिक्रिया