साखरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

गोपीकृष्ण रेग्मी,
चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा न .६ साखरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको औँ एक्सटेन्सन काउन्टरको २९ गते सोमबार एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले नेपाल निर्वाक पिठ राधादामोदर मन्दिर केलादिधामका पिठाधिस महन्त १०८ गोपालशरण देवाचार्यजी महाराजलाई सामाजिक सुरक्षा भत्ता वितरण गरि सेवाको सुरुवात गरिएको प्रमोद पोख्रेलले जानकारी दिए ।

शाखा कार्यालय गल्याङ मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट चापाकोट नगरपालिका वडा न ६ र ७ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, कार्यालय बाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरूले समेत बैंकिङ्ग सेवा लिन सकिने छ ।
उक्त अवसरमा चापाकोट नगरपालिका वडा न ६ कि वडा अध्यक्ष तारा पोख्रेल, यस कार्यालयका योगेन्द्र विक लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको यो काउन्टरबाट शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, डेविड कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहने योगेन्द्र विकले जानकारी दिए ।

 

प्रतिक्रिया