पोखराका दुई लायन्सबाट अस्पताललाई सहयोग

स्याङ्जा ।
लायन्स क्लब अफ पोखरा पेङ्गुइन र स्टार ग्लोरि को सयुक्त आयोजना मा बिहिबार स्याङ्जाको आधिखोला गाउपालिका वडा न।५ को आधिखोला आधारभूत अस्पताल सेती दोभान लाई स्वास्थ साम्रागी हस्तान्तरण गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी गाउपालिका प्रमुख विश्व पौडेल ले सहयोग साम्रागी ग्रहण गर्दै बाटो मोटर बाटो दुई किलोमीटर कम होस तर स्वास्थ उपचारमा कुनै कमि हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

स्टार ग्लोरी कि अध्यक्ष सगिता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा डिष्ट्रक्क पि आर ओ चिफ शैलेन्द्र मोहन भट्टराई , डिष्टृक्क कोडिनेटर अमृत शोभा खत्री , जोन चियर पर्सन ज्ञान बहादुर राना लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल लायन्स फाउन्डेसन बाट प्राप्त सहयोग बाट दुई थान रेफ्ररिजेनेटर , पाँच थान व्हिलचियर , दुई थान निडल डिस्पोजल , दुई थान सक्सन मेशिन समेत करिब साढे दुई लाख रुपैया बराबरको सहयोग साम्रागी वितरण गरिएको कार्यक्रम सयोजक पेङुइनका अध्यक्ष दिपेश त्रिपाठी जानकारी दिए । कार्यक्रमको सन्चालन अस्पताल प्रमुख निराजन लामिछानेले गरेका थिए ।

प्रतिक्रिया