अर्जुनचौपारीका युवा फोहोर ब्यवस्थापनमा सक्रिय
स्याङ्जा ।
ब्यवस्थापन केन्द्र बनेर ब्यवस्थित हुन नसकेको अर्जुनचौपारी गाउँपालिका बजारको फोहोर ब्यवस्थापनमा युवाले चाँसो देखाएका छन् । एक बर्ष पहिला ७५ लाखको लागतमा फोहोर ब्यवस्थापन केन्द्र बनेपनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर र सडकमा फालिएको थियो । पुरानो जनप्रतिनिधीले टोल—टोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात दुई हजार दिने गरी छ महिना पहिला ब्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार फोहोर ब्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयौ ट्याक्टर फोहोर फालिएपछि स्थानियले जनप्रतिनिधीको बिरोध गरेका थिए । अहिले पालिकासगँ समन्वय गरेर फोहोर ब्यवस्थापन गरेको युवा नरेश रोकाले बताए ।
समस्याको निराकरण गर्ने भन्दा पनि सामाजिक संजाल मार्फत दोषारोपण मात्रै गर्ने ब्यबहार देखिएपछि युवाहरु पुगेर ब्यवस्थापन गरेको रोकाले बताए । वडा अध्यक्ष, स्थानिय १५ जना युवाले डोजरको प्रयोग गरेर अब्यवस्थित ढंगले फालेको फोहोर ब्यवस्थापन गरिएको हो । सोच बदलौ, समाज बदलौ, जागौ उठौ युवा भन्ने नारा लिएर अर्जुनचौपारी गाउपालिकालाई फरक शैलीबाट बिकासको बाटोमा लान उर्जा थप्ने हेतुले फोहोरको ब्यवस्थापन गरेको रोकाले बताए । युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर पुरेको छ । युवाहरुको छ घण्टाको प्रयासमा फोहोर ब्यवस्थापन गरिएको बताइएको छ ।
तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यबाद दिदै पालिका अध्यक्ष प्रकाश तिवारीले दिर्घकालिन रुपमा फोहोर ब्यबस्थापनमा पालिकाले फरक शैली बनाएको बताए । कुहिने र नकुने फोहोर छुट्टाएर मात्र संकलन हुने गरेको थियो अध्यक्ष तिवारीले भने,‘अब फोहोरको बर्गिकरण गर्दै नकुहिने सिसालाई फरक ढंगले संकलन गरिने छ ।’ लाखौ खर्च गरेर निर्माण भएको फोहोर ब्यवस्थापन केन्द्र प्रयोगमा आउने बताउदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जन गर्ने बताए । फोहोर ब्यबस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउमा नपुराई बाटो र सडकको छेउछाउमा लगेर फालिएको र सम्बन्धित ठाउँमा नपुराई छाड्ने साधनको सम्झौता रकम पालिकाले रोक्का समेत गरेको प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेतले बताए ।
प्रतिक्रिया