अर्जुनचौपारीको नीति तथा कार्यक्रम:- ‘काठे गाईको प्रवद्र्धन गरिने’

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १७औ गाउँसभा शुरु भएको छ । पालिकाले असार २ गतेबाट गाउँसभा शुरु गरेको हो । १७औ गाउँसभा अधिवेसनको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०८२÷०८३ बाट पालिकामा ‘एक टोल, एक काठे गाई’ प्रवद्र्धनको अवधारणा अगाडी सारेका छन् । गाउँघरमा गाई पाल्ने प्रचलन हराउदै जान थालेसगै काठे गाई पनि संरक्षणको अभावमा हराउन थालेपछि गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत गाई पालनलाई व्यवसायीकरण गर्ने नीति अगाडी सारेको छ । हिन्दु परम्परा र संस्कार अनुसार गाईको गहुँत र गोबर आवश्यक पर्ने तर गाउँघरमा गाई पाल्ने प्रचलन हराउन थालेपछि अध्यक्ष तिवारीले काठे गाईलाई युवा लक्षित पशुपालन प्रवद्र्धनमा जोड्ने गरी नीति तथा कार्यक्रम अगाडी सारेको बताएका छन् ।

पालिकालाई कृषि र पशुपालनमा हब बनाउन पालिकाले संचालन गर्दै आएको नवग्रह कृषि फार्मलाई थप व्यवस्थित बनाउन एकिकृत कृषि प्रणाली तथा जैविक सगै प्रविधिमैत्री कृषिमा जोड दिने नीति अगाडी सारेको उल्लेख गरिएको छ । अध्यक्ष तिवारीले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी र कृषिमा बढी जोड दिने नीति अगाडी सारेका छन् । प्रत्येका विद्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने, नागरिकलाई टेवा, घर—घरमा स्वास्थ्य सेवा लागुगर्ने, स्वच्छ खानेपानी, सुरक्षित जिन्दगानी कार्यक्रम अगाडी सार्ने लगायतका गाउँवासीको अत्याआवश्यकतालाई नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

पर्यटन, ग्रामिण सडकलाई प्रथामिकतामा राखेर वितरणमुखी कार्यक्रम भन्दा आवश्यकतालाई सबैभन्दा बढी जोड दिनेगरी नीति तथा कार्यक्रममा अध्यक्ष तिवारीले जोड दिएका छन् । गाउँपालिकावासीहरूले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी तीनवर्षको अवधिमा वितरणमुखी कार्यक्रमहरू, अनावश्यक संरचना निर्माण र फजुलखर्चलाई नियन्त्रण गरी बचत भएको स्रोतलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता दीर्घकालीन महत्वका क्षेत्रहरुमा लगानी गर्दा सकारात्मक परिणाम आएको सबैका सामु स्पष्ट भएको अध्यक्ष तिवारीले उल्लेख गरेका छन् । आन्तरिक राजस्व १६ प्रतिशतले बृद्धि भएको र वित्तिय अनुशासनकै कारण लिजा साथै एफआए, स्थानीयतह संस्थागत क्षमता स्वमुल्याङ्कन, स्थानीइतह वित्तिय सुशासन जोखिममा पहिलो हुन सफलता मिलेको उल्लेख गरिएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई अझै नागरिकको पहुँचमा पु¥याउन सहजता प्रदान गर्ने नीति अगाडी सारिएको छ ।

स्थानीय जडिबुटीको महत्व उपयोग गरी आगामी वर्ष पालिकास्तरमै आयुर्वेद औषधीको उत्पादन, आयुर्वेद गाउँघर क्लिनिक, योग तथा नागरिक आरोग्य कार्यक्रम मार्फत् नागरिकमा प्रतिरोधात्मक क्षमताको अभिवृद्धि लक्ष्य, तीनलाख पर्यटक भित्राउने गड्यौली खोलामा निर्माणाधिन म्याथ म्याटिकल र बोटानिकल पार्कलाई विद्यार्थीहरुको शैक्षिक गन्तव्यका साथ साथै पिकनिक स्पटको रुपमा व्यवस्थित गर्ने, नेपालकै पहिलो नवग्रह मन्दिर, साउन्ड हिलिङ सेन्टर र थाप्ले खेल मैदानलाई पूर्वाधार विस्तार, सशक्त प्रवद्र्धन, स्तरीय सेवा र स्थानीय संलग्नता मार्फत पालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा पालिकाले समेटेको छ ।

प्रथम वर्षमा विद्यार्थी र आन्तरिक तथा बाह्य गरी कम्तिमा तीनलाख पर्यटक भित्राउने गरी प्रचारात्मक र प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र जलवराह धार्मिक वन क्षेत्रलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य पालिकाका रहेको छ । आगामी वर्ष अर्जुनचौपारी गाउँपालिकामा प्रथम पटक खनिजको उपलब्धताका सम्बन्धमा अनुसन्धान, खनिज पदार्थको पहिचान र उत्खनन् कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गरी खनिज सम्पदाको दिगो, पारदर्शी र उत्तरदायी व्यवस्थापन मार्फत् गाउँपालिकाको आर्थिक समृद्धि र जनजीविकामा गुणात्मक परिवर्तन ल्याउने गरी अध्ययनको थालनी गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

सबै वडा कार्यालयलाई पालिका केन्द्रसँग पक्की सडकले जोड्ने प्रतिबद्धता अनुरूप आगामी बर्ष सबै वडामा कालोपत्रे पु¥याउने लक्ष्यलिएको छ । आगामी वर्ष कम्तिमा दुई वटा वडालाई बालमैत्री घोषणा गरी बालमैत्री, पोषणमैत्री एवम् अपाङ्गमैत्री पूर्वाधार तथा संरचनाको निर्माण गरिने उल्लेख गरिएको छ । ‘साझा प्रतिवद्धता, साझा जिम्मेवारी—हामी सबैको सपना समुन्नत अर्जुनचौपारी’ भन्ने नारालाई आत्मसाथ गरेर पालिकाको बृहत विकासमा सबैको सहयोगको अपेक्षा पालिका अध्यक्ष तिवारीले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । असार १० गते सम्म नीति तथा कार्यक्रम ल्यानुपर्ने नीति अनुरुप यो पालिकाले असार २ गतेबाट अधिबेशन सुरु गरेको थियो । अर्जुनचौपारी गण्डकीमै पहिलो नीति तथा कार्यक्रम ल्याउने पालिका समेत हो ।

प्रतिक्रिया