असार २५ गते राती १२ बजेबाट सरकारी खाता रोक्का

स्याङ्जा ।
चालु आर्थिक बर्ष २०८१/०८२ को बजेट रकम निकासा गर्ने आज अन्ति दिन हो । बेलुका १२ बजेदेखी सबै सरकारी खाता एकहप्ताका लागि रोक्का हुनेछन् । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा नियन्त्रक कार्यालयले संचालन गर्ने खाता बन्द हुने महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष सकिनु सात दिनअघि खाता बन्द गर्नुपर्ने व्यवस्था अनुसार चालू आर्थिक बर्ष २०८१/०८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातीदेखी स्थानीय संन्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुनेछन् । विनियोजन ऐनले ‘फिज’ नहुने भनी तोकेको शिर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइदैन ।

चालू आर्थिक बर्षको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात हिजोसम्म सरकारी खर्च ७९ प्रतिशत हाराहारीमा छ । यो अवधीसम्म चालूतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तिय व्यवस्थापनतर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया