स्याङ्जामा मिटरब्याजी विरुद्ध प्रशासनमा उजुरी

स्याङ्जा ।
निरक्षर, गरिब र आर्थिकरुपले अफठ्यारोमा रहेका व्याक्तिहरुलाई शोषण गरेको खबर बाहिर आएपछि गृहमन्त्रालयले कार्यदल गठन गरी उजुरी दिन पाईने व्यवस्था गरेको छ । मिटरब्याजीका कारण धेरै नागरिकको घरखेत लिलामदेखी विचल्ली परेको बिषयमा देशका सबै जिल्ला प्रशासनमा उजुरी दिनपाईने व्यवस्था गृहमन्त्रालयले शुरु गरेको छ । सोही मुताविक स्याङ्जामा पनि मिटरब्याजी बिरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता भएको छ । स्याङ्जामा दुईजनाले मिटरब्याजीबाट आफु अफठ्यारो परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
अहिले सम्म प्रशासनमा दुईओटा उजुरी आएका छन् प्रजिअ पौडेलले भने,‘गृहमन्त्रालयको निर्देशन अनुसार उजुरी गृहमन्त्रालयमा नै पठाईसकेका छौं ।’ के कसरी अनुसन्धान हुन्छ त्यो पछि सार्वजनिक हुनेछ उनले भने । अहिले सम्म हामीलाई उजुरी बुझ्ने र मन्त्रालय पठाउने निर्देशन भएकाले सोही बमोजिम उजुरी गृहमा पठाएको बताए । छानविनको अधिकार हामी सगँ नभएको र पछि मन्त्रालयले प्रशासनमै पठाएमा छानविन गर्न भनेमा जिल्लाबाटै हुने प्रजिअको भनाई छ ।
दुबै उजुरी फेदिखोला गाँउपालिकाबाट आएको प्रशासनले जानकारी दिएको छ । उजुरीकर्ता र मिटरब्याजीमा अपराध गर्ने (पिडित र पिडक) व्याक्तिको नाम भने गोप्य राखिएको छ । दुई उजुरी प्रशासनमा परेपछि भने जिल्लामा यस्तो अपराध धेरै हुन सक्ने आशंका प्रशासनले लगाएको छ । गोप्य रुपले त्यस्ता अपराधीक क्रियाकलाहरु घटेका छन् भने उजुरी दिन प्रशासनले आग्रह समेत गरेको छ । लेनदेन गर्नु अपराध नभएपनि लेनदेनबाट कमाउने उदेश्य राख्नु गैह्रकानुनी हुने बताइएको छ ।
मिटरब्याजीबाट आर्थिक अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सरकारले साउन २७ गते गृहमन्त्री स्तरीय बैठकबाट कार्यदल गठन भएको थियो । यो सुचना सार्वजनिक भएपछि उजुरी दिनेक्रम बढ्न थालेको छ । आर्थिक अपराधीक क्रियाकलापमा परेका उजुरी माथी गृहमन्त्रालयले कसरी छानविन र कस्तो कारवाहि हुने छ भन्ने बिषय भने खुलाइएको छैन । यस्ता अपराधमा संलग्न व्याक्तिहरुलाई कडा कारवाहि र यो सुचनालाई वडातह सम्म पु¥याउनुपर्ने स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया