राजमार्ग दिर्घकालीन स्तिरोन्नतीमा जिल्लावासीको सुझाव

वालिङ ।
नेपालको पुरानो राजमार्ग मध्ये एक हो सिद्धार्थ राजमार्ग । कास्कीको पोखरा देखि रुपन्देहीको सुनौली सम्मको यो राजमार्ग निकै पुरानो हो । झण्डै १ सय ८२ किलोमिटर रहेको यो राजमार्गले तराई पहाड जोडेको छ । त्यतै मात्रै होइन नेपाल भारतलाई जोड्ने पुरानो राजमार्ग पनि हो । गौतमबुद्धको जन्मस्थानबाट शुरु हुने भएकाले यो राजमार्गलाइृ सिदार्थ राजमार्ग नामाकरण गरिएको बताइन्छ । ४ वटा जिल्ला र दुई प्रदेशलाई प्रत्यक्ष फाईदा पुग्ने यो राजमार्ग दिननुदिन जिर्ण र साघुरो हुदै गएको छ । राजमार्गको मापदण्ड मिचेर निर्माण गरिएका घरबस्तीले गर्दा झनै साघुरो हुदै गएको विज्ञहरु बताउछन् । ४ जिल्ला मधये सबैभन्दा धेरै राजमार्ग स्याङ्जामा पर्दछ । गल्याङ्को राम्दी देखि फेदिखोलाको कुभिण्डे सम्म ८० किलोमिटर सिदार्थ राजमार्ग स्याङ्जा हुदै गएको छ ।

जिल्लाको मध्यभागबाट गएकाले पनि यो राजमार्ग स्याङ्जाको मुहार फेर्ने सडकका रुपमा चिनिन्छ । तर सोही राजमार्ग दिनानुदिन जिर्ण हुने र छिमेकी जिल्लाहरुबाट कोरिडोर बन्ने क्रम बढेकाले यो सडक कतै ओझेलमा पर्ने त होइन भन्ने चिन्तामा स्याङ्जावासी रहेका छन् । सडक डिभिजन कार्यालयले दर्जनौ पटक सडक स्तरोन्नती गर्ने सुचना निकाले पनि अहिले सम्म कार्यन्वयन हुन सकेको छैन । सधै घर कहिले फालिन्छ भन्ने त्रासमका राजमार्ग सडक छेउमा बनेका घरधनीहरु रहेका छन् । अहिले राजमार्ग स्तरोन्नती गर्ने भन्दै राजमार्ग सडकछेउछाउका घरधनी, जनप्रतिनिधिहरु, सरोकारवाला निकाय, उद्योगी व्यवसायी लगायत सगै सार्वजनिक सुनुवाई गर्ने कार्य चलिरहेको छ ।

सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पोखरा सडकखण्डलाई दुई लेन सडकमा स्तरोन्नति गर्नका लागी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागी सार्वजानिक सुनुवाई गर्ने कार्य स्याङ्जामा सकिएको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग विकास सहायता कार्यान्वयन माहाशाखाले बुटवलदेखि पोखरासम्मका पालिकाहरुमा वातावरणीय मुल्यांकनका प्रतिवेदन तयारीका लागी सार्वजानिक सुनुवाई गर्नेक्रममा स्याङ्जा जिल्लामा सकिएको हो । गल्याङ्, वालिङ, भीरकोट, पुतलीबजार र फेदिखोला गाँउपालिकामा माहाशाखाले वातावरणीय प्रभाव मुल्याङ्कनका लागि सार्वजनिक सुनुवाई गरेको छ ।
पटक पटक राजमार्ग फराकिलो पार्ने विषयहरु मात्रै उठान गर्नुभन्दा छिटै राजमार्ग फराकिलो पारी स्याङ्जाको भविष्य सुनिश्चित गर्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताइएको छ । लुम्बिनी र पोखराको बीचमा रहेको स्याङ्जालाई पर्यटनसंग जोडिनका लागी पनि राजमार्ग पहिलो खुड्किलो भएकाले राजमार्ग फराकिलो पार्नुपर्नेमा जिल्लावासीको सुझाव रहेको छ । साँघुरो र घुमाउरो राजमार्गले यहाँको पहिचानमा समेत प्रभाव पारेकाले यहाँको नागरिकको जिवन परिर्वतन गर्न र यहाँको विकास र समृद्धिका लागी पनि सिद्धार्थ राजमार्ग फराकिलो बनाउन आवश्यक रहेको जनप्रतिनिधिहरुले सुझाव दिएका छन् ।
सिद्धार्थ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाउनका लागी प्रदेश सरकार र संघिय सरकारसंग समन्वय गरेर यहाँका नागरिकको जिवनमा परिर्वतन गर्नुपर्ने आवश्यक रहेको गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले बताए । पटक—पटक त्रासमा राख्ने काम सडक विभागले गर्दै आएको छ सांसद अर्यालले भने,‘स्याङ्जावासी राजमार्ग स्तरोन्नतीको पक्षमा रहेका छन् ।’ तर एकै पटक एउटै मापदण्ड तयार गरेर राजमार्ग स्तरोन्नती गर्नुपर्छ उनले भने । पटकै पिच्छे जनतालाई त्रासमा राख्नु भन्दा एकै पटक दिगोरुपले सडक स्तरोन्नती तर्फ लाग्न सडक विभागलाई सांसद अर्यालको सुझाव छ ।

बुटवलदेखि पोखरा सडक खण्ड १५७.९५८ किलोमिटर सडक स्तरोन्नतिका लागी सडक विभागले कार्ययोजना अगाडी सारेको छ । राजमार्गसंग जोडिएका जिल्लाहरुमा वातावरणीय प्रभाव मुल्याकंन सम्बन्धी सार्वजानिक सुनुवाई शुरु गरेको छ । अहिले ल्याइएको प्रस्ताव अनुसार ५० किलोमिटर दुरी कम हुने अनुमान गरिएको छ । दिर्घकालिन सोच राखेर सडक फराकिलो बनाउन सहभागीहरुले सुझाव दिएको सडक विभागका युवराज सत्यालले बताए । सडक स्तरोन्नती गर्दा मुआव्जा र क्षर्तीपुर्तीको माग समेत गरिएको उनले बताए ।

विभागले कानुनी औचीत्यता, आयोजनाको प्रमुख बिशेषताहरु, सडकको क्षेत्राधिकार भित्रपर्ने जमिनको किसिम, आवश्यक जनशक्ति, जैविक वातावरण, सामाजिक वातावरण, प्रमुख बस्ती र समुदायहरु, आयोजनाको प्रमुख प्रभाव, सुधारात्मक र नकरात्मक बिषयमा सरोकारवालाहरु सगँ सार्वजनिक सुनुवाई गरेको हो । राजमार्ग सगँ जोडिएका पालिकाहरुका सरोकारवालाहरुको सार्वजनिक सुनुवाई पछि आउने प्रतिवेदनले राजमार्गलाई स्तरोन्नती कसरी हुने छ भन्ने बिषय आउन अझै एक महिना लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया