फोनिज गण्डकीद्वारा दुई पत्रकार सम्मानित
स्याङ्जा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले प्रदान गर्ने सतौँ कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट स्याङ्जाका पत्रकार गोपाल जिटी र कास्कीका पत्रकार खेम सारु सम्मानित भएका छन्।
पुरस्कारस्वरूप दुवै पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको फोनिज गण्डकीले जनाएको छ। पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो। सम्मान हुने दुवै पत्रकारलाई कास्कीका प्रमुख जिल्ला अधिकारीले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए ।
स्याङ्जाको वालिङबाट एकदशक भन्दा बढी पत्रकारीता गर्दै आएका जिटी छापामाध्यम, रेडियो, टेलिभिजन संचार माध्यममा राम्रो दखल राख्ने पत्रकार हुन् ।


प्रतिक्रिया