‘विकास र संमृद्धिका लागि मेरो उम्मेदवारी हो’

कृष्ण खांण,
मेयर पदका उम्मेदवार,
नेकपा एमाले ।
क) वालिङ नगरपालिकाको मेयरमा तपाईको दावी किन हो ?

धन्यवाद, अमृतजी । नेपाल सरकारले वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेको भएतापनि सो अनुरुप काम हुन नसकेकाले उक्त काम सम्पन्न गर्नका लागि मेयरमा मेरो दावी हो । त्यस्तै वालिङ नगरपालिका ग्रामिण नगरपालिका हो, ग्रामिण कृषकहरुको उत्थान नगरिकन विकास र संमृद्धि संभव छैन् । विकास र संमृद्धिका लागि मेरो उम्मेदवारी हो । विकास निर्माण गांउबाट सुरु गर्नुपर्नेछ । विगतमा पनि कृषिका बिषयमा खासै काम हुन सकेन् । बजारमा मात्र भिड बढेको छ, गांउ शुन्य छ । गांउमै बस्ने वातावरण निर्माणका लागि समेत मेयरमा मेरो दावी हो । अहिले मलाई आफू जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यसैले मेयरमा मेरो दावी हो ।

ख) वालिङमा विभिन्न पार्टीका उम्मेदवारहरुले मत मागिरहेका छन् । तपाईले आफूलाई नै भोट माग्ने आधार के ?

विगतमा म कुनै ओहोदामा नरहदापनि मेरो अनुभव र क्षमताले भ्याएसम्म वालिङको विकास निर्माणका लागि मेरो पनि योगदान रहेको छ । पूर्वाधारको हिसावले वालिङमा भनेजति काम हुन सकेका छैनन् । पदमा नरहदा त विकास निर्माणका काममा खटिईरहने कृष्ण खांण पदमा पुग्यो भने झन कति काम गर्ला भनेर नगरवासी मप्रति आश्वस्त हुनुहुन्छ । मलाई भोट माग्ने आधार भनेकै निरन्तरताको समाजसेवा हो । विज्ञताको कदर गर्ने, अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध वालिङ, सुखी वालिङवासीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्यसहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई जनताले चिनेको कुरा नै मेरो भोट माग्ने आधार हो ।

ग) अहिले तपाईले मत मागिरहदा पार्टीमा विगतदेखि बर्तमानसम्म निरन्तर क्रियाशिल भैरहेको आधार कसरी पेश गर्नुहुन्छ ? तपाईको उम्मेदवारीप्रति मतदाताको धारणा कस्तो पाउनुभयो ?

म एकप्रकारले वि.सं. २०३८ सालदेखि अनेरास्ववियू मार्फत राजनीतिमा सक्रिय छु । मैले हालसम्म कुनै लाभको पद पाएको छैन् । तथापि निरन्तर समाजसेवामा छु । आन्दोलनको क्रममा प्रहरी हिरासतमा परि १ महिने जेल जीवन पनि बिताएको छु । म २०५४ सालमा पनि यस नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार थिए । त्यतिबेला उपविजेतामै चित्त बुझाउनुप¥यो । अहिले भने मेरो उम्मेदवारीप्रति मतदाताको धारणा सकारात्मक पाएको छु । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सोही अनुशार मतदान गर्न गराउन अनुरोध गर्दछु ।

 

प्रतिक्रिया